पुरुषले नारीमा खोज्ने ३२ लक्षण के–के हुन ? थाहा पाउनुहोस

काठमाडौं –

विवाह दूई शरीरको मिलन हुनु मात्रै नभएर दुई आत्माको मिलन पनि जोडिएको हुन्छ ।

जहाँ अग्नि साक्षी राखेर सातौ जुनिसम्म सँगै जिउने सम्मको बाचा कसम खाईन्छ । हाम्रो उमेर पुगेपछि विवाहको लागि केटि हेर्ने चलन छ ।

केटीको खोजि गर्ने क्रममा ३२ लक्षण भएको खोज्ने गरिन्छ । एकै जनामा यी सबै गुण पाउन सम्भव होला नहोला तर धार्मिक मान्यता अनुसार विवाहयोग्य पुरुषको चाहना सर्वगुण सम्पन्न नारी पत्नी होस् भन्ने हुन्छ ।

योग्य पुरुष हुनका लागि पनि विभिन्न गुणले युक्त हुनु पर्ने आफ्नो ठाउँमा छँदै छ, तर पुरुषका लागि निश्चित गुण र लक्षण धार्मिक ग्रन्थमा तोकिएको छैन । धार्मिक ग्रन्थमा उल्लेख भएका नारीका ३२ लक्षण यस्ता छन

१. पद्मासनमा बस्दा वृत्ताकार आसन हुनु
२. औंला लामालामा हुनु


३. औंलाका कापामा छाला विशेष बढ्ता र औंला जोड्दा टम्म मिल्ने हुनु
४. छाला नरम हुनु र वृद्धावस्थासम्म पनि युवाको जस्तो श्री हुनु

५. सात प्रकारले शरीर सुवासित हुनु
६. हरिणका जस्ता फिला हुनु


७. गुप्ताङ्गहरू हात्तीका अण्डाजस्तै गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु

९. शरीरका विभिन्न अङ्ग सुगठित रहनु
१०. काँध पुष्ट, चौडा र गोल हुनु


११. पाखुरा राम्ररी फर्कने र तल सम्म पुग्ने हुनु
१२. पाखुरा लामा हुनु

१३. सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु
१४. शंख समान घाँटी हुनु


१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. बत्तीस दाँत हुनु

१७. बङ्गारा स्वच्छ र सुन्दर हुनु
१८. जिब्रो लामो हुनु


१९. विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिन सक्ने शक्ति हुनु
२०. भङ्गेराको जस्तो स्वर हुनु

२१. ब्रह्माको जस्तो मौलिक र ज्ञानपूर्ण वाणी हुनु
२२. आँखीभौं साँढेको जस्तो र नीलकमलको रङ्गको हुनु


२३. दुई आँखीभौंका बीचमा कोमल रोम रेखा हुनु
२४. पगरीजस्तो मिलेको राम्रो कपाल हुनु

२५. शुद्ध सुन जस्तो प्रदीप्त शरीर हुनु
२६. प्रबल व्यक्तित्व हुनु


२७. शरीरमा धेरै, परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौं हुनु
२८. नीलमणि जस्तो कालो र टल्कने केश हुनु

२९. शान्त मन हुनु
३०. विष्णुको जस्तो दृढ स्वभाव हुनु


३१. दन्तपंक्ति उज्ज्वल र छिद्रसहित हुनु
३२. शान्त र संयमी हुनु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...