आलुको बोक्रा फाल्नुहुन्छ ? यो पढनुहोस कहिल्यै तपाईले फाल्नुहुन्न अबदेखि

काठमाँडौ –

आलु तरकारीहरुको राजा । आलु यस्तो एउटा तरकारी मध्येको एक हो जसलाई जुनसँग मिसाएर पकाउदा खादा मिठै हुन्छ ।

हामीले खाने बेलामा आलु कसरी पकाउँछौ भन्ने कुरा ठुलो रहेको छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्ने गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउँछन् ।

फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा झण्डै ९० प्रतिशत पौष्टिक तत्व रहेको हुन्छ ।

त्यसैले आलुलाई ताछेर खानु भनेको त्यो पौष्टिक तत्व नष्ट गर्नु हो । आलुको बोक्राले स्वास्थ्यमा पुर्याउने फाइदा यस्ता छन्ः

रो’ग प्रतिरोधात्मक क्षमता बढाउँछः आलुको बोक्रामा भिटामिन सी पाइन्छ । जसले हाम्रो शरीरमा रो’ग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तौल कम गर्छः हामीमध्ये कतिपय आलुुले तौल बढाउँछ भनेर सकेसम्म कम खान छोड्छौं । तर, यसको ठीक विपरीत आलुको बोक्रामा फ्याट कम हुन्छ । जसले हाम्रो शरीरको तौल घटाउन मद्दत गर्छ ।

क्या’न्सरको जो’खि’म कम गर्छः आलुको बोक्रामा फाइटोकेमिकल्स धेरै हुन्छ । यसले हामीलाई क्या’न्सर रो’गको जोखिमबाट बचाउँछ ।

मुटु रो’गमा फाइदा दिन्छः सामान्यतया शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दा हृदयाघात र मुटु सम्बन्धी रो’गले सताउने गर्छ । तर, आलुको बोक्रामा पाइने फाइबर तथा विभिन्न पौष्टिक तत्वले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ ।

जसले गर्दा मुटु रो’गको जोखिम घटाउँछ । त्यसैले आलुको बोक्रालाई कार्डियोप्रोटेक्टिभ अर्थात् मुटुको सुरक्षा गर्ने तत्व समेत भनिन्छ ।

आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तथा एन्टी इन्फेमेन्टरी तत्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा यसलाई लगाएमा पीडा कम गर्न मद्दत गर्छ ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ ।

यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । अब आलुको बोक्रालाई फ्याँक्न बन्द गर्नुहोस् र यसरी उपयोग गर्नुहोस् ।

१. रक्तचाप नियन्त्रणमा राख्छः आलुमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ ।

यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जीजस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने गल्ती नगर्नुहोस् ।

२. तौल नियन्त्रणमा रहन्छः आलुको बोक्रा फाइबरयुक्त हुन्छ र जब यो बोक्रासहित बनाइन्छ तब शरीरले कार्बोहाइड्रेटमात्र नभई फाइबर पनि पाउँछ । यसको बोक्रालाई तपाईं कुनै पनि रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोगी भूमिका खेल्छ । यो खाँदा नसा पनि बलियो हुन्छ ।

३. रक्तअल्पत्तामा पनि फाइदाजनकः आलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसैकारण यदि रगतको कमी छ भने आलुको बोक्रालाई खानामा पक्कै पनि प्रयोग गर्नुपर्छ ।

४. ऊर्जाले भरिएको हुन्छः आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ । आलु पकाउँदा जहिल्यै पनि बोक्रासहित बनाउनुहोस् ।

५. पाचन क्रिया बलियो बनाउँछः आलुमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले कब्जियत आदिबाट पनि जोगाउँछ ।

६. कपाललाई कालो बनाउँछः यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् ।

जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् । पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ ।

७. डार्क सर्कललाई टाढै राख्छः आँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ । गोर्खाली खबरबाट सभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...