यो अनौठो गाउँ जहाँ पुरुषले मात्रा खाना पकाउने गर्छ

एजेन्सी – नेपाल जस्तो पितृसतात्मक देशमा सामान्यतय महिलाले घरव्यवहार चलाउने तथा पुरुषहरुले बाहिर गएर कमाउने ल्याउने चलन छ ।


आजको समयमा आईपुग्दा पनि खाना पकाउने काम भन्ने वित्तिकै महिलाले गर्ने सोच छ । समय क्रमसँगै पछिल्ल समयमा विस्तारै परिवर्तन हुदै महिलालाई सघाउदै आएको पनि छ । तर हाम्रै छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरुको मात्र हो ।

भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ ।


उक्त गाउँका पुरुषहरुले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरुले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन् ।

पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरुमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ । वर्षको ६ महिना त उनीहरुले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् ।


परिवारका अन्य सदस्यहरु कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरु खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...