अनलाईन क्लासको कमाल,शिक्षक र विद्यार्थी विच नै विवाह

एजेन्सी – विज्ञान र प्रविधिको अविष्कार समय क्रमसँगसँगै प्रयोग आएको अनलाईन कक्षा । जसबाट विद्यार्थी र शिक्षक विच नै सम्बन्ध जाडिएको छ ।


विश्वभरमा फैलिएको कोरोना भाईरसको संक्रमणसँगै पछिल्लो समय निकै चर्चामा आएको छ अनलाईन क्लास । विकसित देशमा यसको विकास भइसकेपनि नेपाल जस्तो देश लगायत अरु देशमा यसको प्रयोग निकै चर्चा हुदै र विभिन्न समस्या र अवरोधको बाबजुत पनि प्रयोग हुदै आएको छ ।


छिमेकी देश भारतमा भने यहि अनलाईन क्लासका कारण अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच अनायसै सम्बन्ध प्रेममा परिणत भयो र फलस्वरुप त्यो सम्बन्ध प्रेम विवाहमा परिणत भएको छ ।

भारतको बिहारमा रहेको भागलपुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रेम गर्न थाले अनलाईन क्लास पछि उनीहरुबीच माया प्रेमका कुरा पनि हुन थाल्यो । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजललाई देखे पछि माया पलायो ।

पढाउँदै जाँदा दुवैबीच प्रेम टुसायो र विवाहको कुरा आयो । रोहितले दाइजो नलिइकन अनि ब्यान्डबाजा नबजाइकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्डको कटारा पञ्चायतमा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंहका छोरा हुन् ।


काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्डस्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् । जूम र ह्वाट्सयापमा चलेको अन्लाइन क्लासमा काजल पनि आइन् । पछिपछि रोहित र काजलको प्रेम बढ्दै गयो । अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए ।

गत २ जुनमा कुमारपुरको काली मन्दिरमा रोहित र काजलको विवाह भयो । रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लोभीहरूलाई कडा सन्देश दिएका छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिसले प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...