काठमाडौं – सडकमा छाडा छोडिएको एक छाडा साडेले प्रहरीलाई ८ करोड रुपैयाँ मूल्य बराबरको ला’गूऔ’षध ज’फत गर्न सहयोग गरेको छ ।
सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ तर, संयोगले एउटा साँढेले यस्तो काम गरेको छ । साँढेका कारण प्रहरीले तस्करको हातबाट ठूलो परिमाणमा अ’वैध लागू’औष’ध हे’रोइन प्रहरीको हातमा पुर्याउन ठूलो सहयोग गरेको छ ।
यो घटना छिमेकी देश भारतको उत्तर प्रदेशको बरेलीमा घटेको घटना हो । बरेलीको दिल्ली–लखनउ हाइवेमा बिहानै तस्करले नयाँ स्कार्पियो गाडीमा हे’रोइन राखेर लिएर जाँदै थिए । तीब्र गतिमा दौडिइरहेको गाडीको अगाडि एक्कासी साँढे आयो । साँढेसँग गाडी ठो’क्किने देखेपछि ड्राइभरले हतारहतार गाडी घुमाए ।
यसरी एक्कासी घुमाउँदा गाडी उछिट्टि’यो र वि’परित दिशाबाट आइरहेको सेन्ट्रो कारसँग ठो’क्कियो । दुर्घ’टनामा सेन्ट्रो कारमा सवार २ महिला सहित ४ जना घा’इते भएको भारतीय मिडियाहरुले बताएको छ ।
घटनापछि स्कार्पियो चलाइरहेका युवक भने घटना स्थलबाट फ’रार भए । घटनाको सूचना पाएपछि पुगेका प्रभारी निरीक्षक विजय कुमारले सबै घाइ’तेलाई बरेली अस्पताल पठाए । पुलिसले घटनाको जाँचको क्रममा गाडीभित्र चेकजाँच गर्दा गाडीमा राखिएको जगेडा टायर फुल्लिएको पाइयो ।
त्यसलाई खोलेर हेर्दा पुलिस चकित परे । त्यसमा ४ वटा प्याकेटमा राखिएको ४ किलो १०० ग्राम नशा’लु पदार्थ भेटियो । फरेन्सिक विशेषज्ञले जाँचपछि यो पदार्थ हेरो’इन भएको बताएका छन् । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५ करोड भारु अर्थात ८ करोड नेपाली रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
पुलिसले गाडीमा भेटिएका कागजपत्रका आधारमा तस्करहरु बब्लु, नाजिस र गाडीका मालिक राजनलाई प’क्राउ गरेको छ । केही आ’रोपी फ’रार रहेको एसपी राजकुमार अग्रवालले बताए । उनीहरुको खोजी भइरहेको छ ।
























