प्रधानमन्त्रि बन्न सोनुलाई आग्रह, सोनुको यस्तो जवाफले दुनियाँ चकित

नयाँ दिल्लि – बलिउड कलाकार सोनु सुद अहिले धेरै मानिसहरुको लागि भगवान जस्तै बनिरहेको छ ।


देशमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण धेरैको उनले सहयोग गरेको छ । जसले गर्दा सिने जगतमा भिलेन अर्थात गुण्डको भुमिकामा देखेको उनी जनताको मनमा भने भगवान अर्थात हिरोको रुपमा परिचत रहदै आएको छ ।


कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न भन्दै भारतिय सरकारले लगाएको लकडाउनका कारण धेरै समस्यामा परेको जनताहरुलाई उद्धार गर्नुको साथै उनीहरुको उपचारको लागि आफ्नो ज्यानको प्रवाह समेत नगरी निरन्तर देश र जनताको सेवामा खटेको कारण उनी एकाएक जनताको नजरमा हिरोको रुपमा परिचित भएको छ ।


यसरी जनताको नजरमा एकाएक छाएपछि उनलाई भारतको प्रधानमन्त्रि बन्न आग्रह गरेकी थिईन् । सोनु प्रधानमन्त्रीका रुपमा चुनावमा उठेको खण्डमा आफूले भोट हाल्ने हुमाको तर्क थियो ।

सोनुले हालै मात्र एक वेवसाइटसँगको कुराकानी गर्दै यो बिषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘यो अली धेरै नै भयो । यदि, हुमालाई यस्तो लाग्छ भने पक्कै पनि मैले केही राम्रो काम गरेको हुनुपर्छ । तर, म उनीसँग सहमत छैन । हामीसँग सक्षम प्रधानमन्त्री छन् ।’


उनले, आफ्नो काँधमा यो जिम्मेवारी उठाउनका लागि आफू निकै सानो भएको बताएका छन् । सोनुले राजीव गान्धी ४० बर्षमै प्रधानमन्त्री भएको स्मरण गर्र्दै आफूसँग राजनीतिको अनुभव कम भएको बताए । उनले, आफू र आफ्नो परिवार राजनीतिबाट निकै टाढा रहेको पनि बताएका छन् ।

सोनुले राम्रो काम गर्नका लागि सत्ता र पदको आवश्यकता नभएको पनि बताएका छन् । उनले भनेका छन्–‘मलाई काम गर्न मन पर्छ । म एक कलाकारको नाताले नै यो कुरामा रमाइरहेको छु । मलाई लाग्छ कि, हामी सत्तामा कुनै पद नपाएर पनि यी कामहरु गर्न सक्छौं ।’


स्मरण होस एउटा फिल्मको सुटिङको क्रममा उनलाई फा’ईट हा’न्नुपर्ने सिनमा उनलाई ला’त समेत हान्न मानेको थिएन । यसरी सबैको मनमा उनीप्रति निकै सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...