काठमाँडौ – चीनका सबैभन्दा बरिष्ठ को’रो’ना भा’इरस विशेषज्ञले आगामी चीनले एक महिनाभित्रै को’भिड–१९ को पछिल्लो स’ङ्क्र’मणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् ।
शनिबार चिकित्सको वेबिनारमा बोल्दै म’हामा’री विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् । को’रो’ना भा’इर’स र म’हा’मा’रीलाई छोटो अवधिमा उन्मूलन गर्न नसकिने बताउँदै झोङले अन्य देशलाई को’भि’ड–१९ विरु’द्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन् ।
झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्णरूपमा खोप लगाइ सकिनेमा आफू आशावादी रहेको बताए ।
यस्तै चीन सरकारले हुम्लालाई दुई करोड ६० लाख रुपैयाँबराबरको राहत सहयोग गरेको छ । चीनको पुराङ काउन्टीले हुम्लालाई १३ लाख चिनियाँ युआनबराबरको खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
आठ सय बोरा चामल, चार हजार ६ सय ८० बोरा मैदा, ६ हजार पिस एन– ९५ मास्क, ५८ हजार सर्जिकल मास्क, १० हजार पिस हाते पञ्जा, सात सय ५० केजी स्यानिटाइजर, दुई हजार पिस सानो स्यानिटाइजर, दुई हजार तीन सय पिस सेतो पञ्जा, पाँच हजार पिस एनटिजेन किट,
एक हजार पिस फेस मास्क र एक सय ६० थान थर्मोगन सहयोग उपलब्ध गराएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । यस वर्षभरिमा तीन करोड हाराहारीमा राहत सामग्री आएको अध्यक्ष तामाङले बताए ।
प्रत्येक वर्ष चीन सरकारले नाम्खा गाउँपालिकालाई सहयोग गर्दै आएको छ । नाम्खा गाउँपालिका– ६ लिमीमा एक हजार आठ सय ४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका– ५ को यारी गाउँलाई तीन सय ३० बोरा मैदा, एक सय ६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा
र ३० बोरा चामल हस्तान्तरण हुने अध्यक्ष तामाङले बताए । मुचु गाउँलाई तीन सय ४८ बोरा मैदा, एक सय १४ बोरा चामल, चाला गाउँलाई एक सय ८० बोरा मैदा, ६० बोरा चामल,
याल्वाङलाई दुई सय ४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई एक सय ७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ गुम्बालाई दुई सय ६० बोरा मैदा दिने निर्णय भएको तामाङले बताए ।
यसैगरी, सिटिजन्स बैंक याल्वाङलाई १० बोरा चामल र वडा नम्बर २ लाई दुई सय २२ बोरा मैदा, वडा नम्बर ३ लाई दुई सय ४६ बोरा मैदा र वडा नम्बर १ लाई चार सय १२ बोरा मैदा दिइने भएको छ ।
सशस्त्र प्रहरी बल बिओपी हिल्सालाई ७५ बोरा चामल र २५ बोरा मैदा तथा हिल्साका स्थानीयवासीलाई एक सय २५ बोरा मैदा, ६० बोरा चामल दिइनेछ। नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल,
प्रहरी चौकी यारीलाई पाँच बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङलाई पाँच बोरा मैदा र २० बोरा चामल दिइने तामाङले जानकारी दिए।
यस्तै चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघको सदस्यमा पुनः बहाली हुन नेपालले चीनलाई गरेको समर्थन कहिल्यै नबिर्सने बताएका छन् ।
मंगलबार नेपाली समकक्षी नारायण खड्कालाई टेलिफोन गरी चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालले लगाएको यो गुन कहिल्यै बिर्सन नसक्ने भन्दै कृतज्ञता व्यक्त गरे ।
नयाँ चीन स्थापनापछि यो वर्ष राष्ट्रसंघमा चिनियाँ उपस्थितिको पचासौं वार्षिकोत्सवका सन्दर्भमा मन्त्री वाङले भने, ‘नेपालले दिएको यो अमूल्य समर्थनलाई चीनले कहिल्यै बिर्सिने छैन ।’ दोस्रो वि’श्वयु’द्धको अन्त्यपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना हुँदा चीन एउटा संस्थापक मुलुक थियो ।
तर सन् १९४९ मा जनगणतन्त्रको उदयपछि हटाइएको चीनले सन् १९७१ अक्टोबर २५ मा पुनः सदस्यता पाएको हो । चीनले यो वर्ष राष्ट्रसंघमा आफ्नो सदस्यताको पचासौं वार्षिकोत्सव मनाइरहँदा तत्कालीन समयमा समर्थन गर्ने मुलुकहरूमध्ये नेपाल पनि एक थियो ।
टेलिफोन वार्तामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले राष्ट्रसंघमा आफ्नो सिटको वैधानिक प्राप्तिको स्वर्ण महोत्सवका सन्दर्भमा नेपाललाई सक्दो सहयोगको वचन दिए। उनले साँचो अर्थमा बहुपक्षीयतावादको संरक्षण, अन्य मुलुकको आन्तरिक मामिलामा ह’स्तक्षे’पको प्र’तिरो’ध, एकपक्षीयतावाद तथा त्रा’सध’म्कीको प्र’तिवा’द गर्न र दुवै मुलुक तथा क्षेत्रबीचको साझा हितका सवालमा नेपालसँग सहकार्य गर्न चाहेको उल्लेख गरे ।
चीनले उपलब्ध गराएको वैश्विक विकास पहल अर्थात् ‘ग्लोबल डेभलपमेन्ट इनिसियटिभ’ एउटा सार्वजनिक उत्पादन तथा सहकार्य मञ्चले विकासशील मुलुकहरूलाई सहयोग गर्ने मन्त्री वाङले बताए ।
वैश्विक विकास पहलको अवधारणा सेप्टेम्बर २१ तारिख चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रसंघको ७६औं महासभालाई बेइजिङबाट भिडियोमार्फत सम्बोधन गर्ने क्रममा अघि सारेको प्रस्ताव हो । नेपाली समकक्षीसँग सीको यो अवधारणाबारे पहिलो पटक चर्चा गर्दै मन्त्री वाङले नेपालसँगको सम्बन्ध झनै प्रगाढ बनाउन चाहेको व्यक्त गरे ।
उनले भने, ‘विश्वव्यापी विकास पहलले नेपालजस्ता मुलुकहरूको विकास लक्ष्य पछ्याउनका लागि सहयोग गर्नेछ । चीनले यसमार्फत् नेपालसँगको सहकार्य अझै बलियो बनाउनेछ ।’
गत वर्षदेखि को’रो’ना महा’मा’री विरु’द्ध ल’ड्न नेपाल र चीनले हातमा हात मिलाएको स्मरण गर्दै मन्त्री वाङले थप भ्याक्सिन सहायताको घोषणा गरे । चीनको विकास अनुभव नेपालसँग बाँड्न इच्छुक रहेको बताउँदै मन्त्री वाङले उच्च गुणस्तरीय बीआरआईको निर्माणका साथ आर्थिक, सामाजिक विकासमा योगदान गर्ने चिनियाँ चाहना पनि सुनाए ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार मन्त्री वाङले नदी र हिमालले जोडिएका नेपाल र चीन साझा भाग्य भएका मुलुक हुनुका साथै दुवै मुलुकको आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वको भावना अरु छिमेकी मुलुकहरूका लागि उदाहरण बनेको बताए । एक चीन नीतिप्रति नेपालको अडानको सम्मान गर्दै चीनले पनि नेपालको भौगोलिक अक्षुण्णता, स्वतन्त्रता, नेपालको चासोको सम्मान गर्ने कुरा मन्त्री वाङ यीले दोहोर्याए ।
परराष्ट्रमन्त्री नारायण खड्काले महामारीविरुद्ध चिनियाँ सहयोगको उच्च प्रशंसा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको शुभकामना दिए ।
उनले नेपाल र चीनका शीर्ष नेताबीच भएका समझदारी कार्यान्वयन, बीआरआईको उच्च गुणस्तरीय विकास, विविध क्षेत्रमा आदानप्रदान, एक चीन नीतिमा समर्थन जनाउँदै चीनको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ राष्ट्रसंघको सन् २०३० दिगो विकास लक्ष्यसँग सम्बन्धित भएकाले नेपालको हित अनुकूल चीनको विकास रणनीतिको अध्ययन गर्ने जवाफ दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
























