जुन मन्दिरमा गौतम बुद्धको दाँत अहिले पनि सुरक्षित राखिएको छ

काठमाडौं – शान्तिको प्रतिक,दक्षिण एसियाको तारा गौतम बुद्धको दात अहिलेसम्म पनि राखिएको छ ।


सुन्दा अपत्यारिलो लाग्न सक्छ तर श्रीलंकामा रहेको एक मन्दिरमा शान्तिका प्रतीक गौतम बुद्धको एउटा दाँत राखिएको छ । दन्त मन्दिरको नामले समेत परिचित उक्त मन्दिरमा रहेको बुद्धको दाँत निकै शक्तिशाली भएको जनविश्वास छ ।

गौतम बुद्धको मृ’त्यु इशापूर्व ४ सय ८३ मा भएको थियो । बुद्धको दे’ह त्या’गपछि उनको अन्तिम संस्कार भारतको कुशीनगरमा भएको थियो । त्यसक्रममा बुद्धका एक अनुयायीले उनको चितामा गई बुद्धको जलिरहेको श’वबाट एउटा दाँत निकालेर सो दाँत राजा ब्रम्हादत्तलाई बुझाए ।


राजा ब्रम्हादत्तसँग बुद्धको त्यो दाँत लामो समयसम्म रह्यो । बुद्धको दाँतका विषयमा धेरै पटक यु’द्ध समेत भयो । युद्धकै क्रममा ब्रम्हादत्त राजालाई हराएर अरु राजाले सो दाँत हात पारे । अन्त्यमा बुद्धका एक अनुयायीले उक्त दाँत राजाको दरबारबाट चोर्न सफल भए र त्यसलाई श्रीलंका पुर्याए ।

त्यस समयमा श्रीलंकाको राजधानी क्यान्डी सहरमा थियो । त्यहाँका राजाले बुद्धका अनुयायीले ल्याएको बुद्धको दाँत राख्नका लागि विशाल मन्दिर बनाए र सोही भव्य मन्दिरमा बुद्धको दाँत स्थापित गरे । सन् १६०३ मा पोर्चुगिसहरुले श्रीलंकामा आक्रमण गरी उक्त बुद्धको दाँत लुटेका थिए । तर पछि सो दाँत क्यान्डी नै फर्काइयो र एउटा बाकसभित्र हालेर सोही मन्दिरमा राखियो ।


भगवान बुद्धको दाँतको दर्शनका लागि हरेक वर्ष हजारौँ मानिसहरु उक्त मन्दिरमा आउँदछन् ।

थप समाचार

काठमडौं – अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै बुद्ध जयन्ती मनाइएको छ ।

२५६५ औ बुद्ध जयन्ती अर्थात् वैशाख डे ह्वाइट हाउसमा मनाइएको हो । अमेरिकी उपराष्ट्रपति कमला हेरिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयान बौद्ध भिक्षु र गुरुहरुले दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् ।


इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्से संयोजक गरेको समारोहमा थेरवादको तर्फबाट भिक्षु उपराटन महास्थवीर, महायानको तर्फबाट भिक्षु मारविन हराडा र वज्रयानको तर्फबाट टारथगं टुल्कु रिम्पोछेले बुद्ध पूजा र प्रार्थना गर्नु भएको थियो ।


अध्यक्ष डिक्सेले अमेरिकी लोकतन्त्रमा तीनै वटा बौद्ध परम्परामा ह्वाइट हाउसमा बुद्ध जयन्ती मनाउनु अमेरिकी इतिहासमै पहिलो भएको बताउनुभयो । यो ऐतिहासिक क्षणलाई सम्मान गर्दै १० लाख दीप प्रज्वलन पनि गरिएको थियो ।


यसैबीच अमेरिकी राष्ट्रपति जो बाईडेनले बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै अमेरिकामा बौद्धहरुले गरेको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो । देश समृद्ध तुल्याउन बौद्ध शिक्षा आवश्यक रहेको पनि उहाँको भनाइ थियो ।

Photo: Official White House by Cameron Smith.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...