अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने,कारण छ यस्तो

काठमाडौं – विहे गर्नको लागि अब केटाकेटीको मन मिलेर मात्रा नहुने भएको छ ।


भनिन्छ नि विवाह दुई आत्माको मिलन हो । जहाँ अग्नि साक्षी राखेर सातौ जुनिसम्म सँगै मर्ने सँर्गै बाच्ने बाचा हुन्छ । पराम्परागत विहेमा घरपरिवारको पनि स्विकृति हुनु अनिवार्य जरुरी रहेको छ । कुनै कुनै देशमा विवाहको यस्तो नियम बनाएको छ कि जहाँ विहे गर्नको लागि पनि परीक्षा नै पास गर्नुपर्ने नियम रहेको छ ।


सुन्दा अनौठो लाग्न सक्छ कतै यो नेपालमा लागु हुने त होईना । यदि तपाई यस्तो साचिरहनु भएको छ भने तपाई भ्रममा हुनुहुन्छ । यो नेपालमा नभइ इन्डोनिसियामा लागु हुने भएको हो । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।

इण्डोनेसिया सरकारले सन् २०२० देखि प्री वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको मिडिया रिपोर्टहरुले जनाएको छ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिने जस्ता श्लिबसमा समेटिएको छ । ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ ।

यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...