धेरै पढेका यि १० नायकहरु हेनुहोस,कस्ले कति सम्म पढाई पुरा गरे त ?

काठमाँडौ – नेपाली सिने जगतमा बेलाबेलामा नायक नायिकाहरुले के कति पढे भन्ने विषयमा चर्चा हुने गरेको छ । यसरी दर्शक श्रोताहरुले पनि आफुलाई मन पराएको कलाकारको चासो राख्नु पनि स्वभाविक नै हो ।


कलाकारिता क्षेत्रमा प्रवेश गर्न यति नै पढनुपर्छ भन्ने कुनै त्यस्तो मापदण्ड त तोकिएको छैन । कति कलाकारहरु एस.एल.सि पास नै गरेका छैनन् भने कति कलाकारहरुले मास्टर्स गरेको पनि छ । नेपाली सिने जगतको कुन नायक हुन् जसले धेरै पढेका छन् । थाहा पाउनुहोस् कुन नायकले कति पढेका छन् ।

वर्तमान चर्चामा रहेका अभिनेताका कुरा गर्दा कतिपय अन्डर एसएलसी, अन्डर प्लस टु र अन्डर ग्रयाजुट नै छन् । अहिले पनि मास्टर गर्ने अभिनेताको खडेरी छ । चलेका अभिनेता सौगात मल्ल अन्डर एसएलसी हुन् ।

आयुष्मान जोशी र पल शाह अन्डर प्लस टु हुन् । त्यस्तै अहिलेका हटकेक अनमोल केसी अन्डर ग्रयाजुट हुन् ।

भुवन केसि
नेपाली सिने उद्योगमा सुरुमा गित गाएर चम्केका सुरुमा गायक बन्छु भनेर प्रवेश गरेका थिए । रेडियो नेपालबाट गायन क्षेत्रमा लागेका भुवनले नेपाली चलचित्र जुनि जुनिबाट प्रवेश गरेका थिए । उनले बि कम अर्थात व्याजलर सम्मको पढाई सकाएको छ । चलचित्र जगतको लागि त्यतिबेलाको समयको लागि धेरै नै रहेको थियो ।


जिवन लुईटेल
सन २००२ मा मास्टर्स नेपाल भएपछि चलचित्र क्षेत्रमा प्रवेश गरेका जिवनले नेपाली चलचित्र उद्योगमा छोटो समयमै धेरै चलचित्रमा अभिनय गरेको छ । नेपाली चलचित्र तिर्खाबाट सिनेजगमा पाईला चालेका लुईटेलले कुनै समयमा उनले चलचित्र जगतमा धेरै रा जगर्न सफल भएका थिए । उनको शैक्षिक स्थिति हेर्दा उनले बिजनेस स्टडिमा व्याजलर सम्म गरेको छ । हाल लुईटेल अमेरिकामा बसोबास गर्दै आएका छन् ।

सलोन बस्नेत
बाल कलाकारको रुपमा नेपाली सिने जगतमा प्रवेश गरेको बस्नेत नेपाली चलचित्र क्षेत्रमा होस्टेलमा निभाएको उनको भुमिकाले सबैको वाहीवाही पाएको थिए । चकलेटि अनुहार परेको बस्नेतको औपचारिक पढाई भने बिजनेस स्टडिमा ब्जालर गरेको छ । उनको बुबा शोभित बस्नेत र काका जयकिस्न बस्नेत हो । उनले हाल पढाईलाई निरन्तर गरिरहेको छ ।

सन्दिव क्षेत्री
नेपाली हास्यकलाकारको रुपमा परिचित रहेको नामा हो सन्दिव क्षेत्री । उनको कला हास्यकलाकारको रुपमा मात्रा नभएर कलाकारको भुमिका पनि सजिलै निभाउन सक्ने कलाकार हो । उनले नेपाली चलचित्र ६ एकन ६ मा प्रत्यक्ष नायकको रुपमा पनि भुमिका निभाएको छ । उनले दर्जौनौ चलचित्रमा अभिनय समेत गरिसकेको छ । उनले कमर्स विषयमा मास्टर्स सकाईसकेको छ ।

दिनेस डि.सि
निकै बहुमुिख प्रतिभाको धनिको रुपमा चिनिन्छ । उनी एक रेडियोकर्मिको साथसाथै फिल्म निर्देशक पनि हो । सुरुमा विद्यार्थी राजनितिबाट सानो पर्दामा आएका डि.सि ले त्यतिबेला टेलिसिरियल टवाक् टुक्का निर्देशन गरेर सबैको मनमा बस्न सफल भएको थिए । उनले सरस्वति क्याम्पसबाट एमबिए सम्मको अध्ययन गरेको छ ।


सुरज सिंह ठकुरी
कान्तिपुर टेलीभिजनको कार्यक्रम कल कान्तिपुरबाट टेलिभिजनको पर्दामा आएको ठकुरीले नेपाली चलचित्र कर्कशबाट पाईला सुरु गरेको हो । नाई नभन्नु ल जस्ता सुपर हिट चलचित्र दिईसकेका ठकुरीको औपचारिक पढाई साईन्स एण्ड इन्माईरीमेन्टमा मासटर्स सम्मको पढाई सकाईसकेको छ ।

राज बल्लब कोईराला
नेपाली चलचित्र उद्योगमा सबैले मन पराएको नाम हुन राज बल्लव कोइराला । सन् २००७ मा नेपाली चलचित्र पर्खि बसेबाट यात्रा सुरु गरेको कोईरालाले दर्जेनौ फिल्ममा अभिनय गरिसकेको छ । उनले २०११ मा मास कम्युनिकेसन एण्ड जर्नलिजमबाट मास्टर्स गरेको हो । हाल उनि अमेरिकामा बस्दै आएको छ ।


खगेन्द्र लामिछाने
चलचित्र बदसालाबाट अभिनय यात्रा सुरु गरेको लामिछाने पछिल्लो समय राम्रो खेल्ने कलाकारको रुपमा समेत उनलाई लिइदै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि मञ्चहरुमा कथा नाटक लेख्नुको साथै निर्देशक समेत गरीसकेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट औपचारिक अध्ययन मासटर्स सम्म सकाएको छ ।

प्रदिप खडका
नेपाली सुपरहिट चलचित्र प्रेम गित , प्रेम गित २ मा नायकको भुमिकामा अभिनय गरेर सबैको मनमा बस्न सफल नायक हुन प्रतिप खडका । उनको औपचारिक पढाई भने मार्केटिङमा मास्टर्स सम्म सकाएको छ ।

राजेश हमाल
महानायक राजेश हमाल सबैको मन मनमा बस्न सफल नाम हुन् । नेपाली चलचित्र युग देखि युग सम्म नामक चलचित्रबाट नेपाली सिनेजगमा प्रवेश गरेका हमाल यति धेरै ख्याति कमाएको छ कि सायदै उनलाई नचिन्ने सायदै कमै होला । राजाको दरबार देखि गरिबको झुपडिसम्मको मान्छेहरुले रुचाएको उनले भारतको चन्दिगड विश्वविद्यालयबाट अंग्रजी विषयमा मास्टर्स गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...