यी हुन् डि’भोर्सपछि एक्लै रमाइरहेका ९ महिला कलाकार

काठमाँडौ – विवाह दुई आत्माको मिलन हो भनिन्छ । विवाहमा जिवनको अन्तिम सास सम्म मात्रै नभई अग्नि साक्षि राखेर सात जुनिसम्म सँगै बाच्ने मर्ने सम्मको कसम खाईन्छ ।


अग्नि साक्षी राखेर जोडिएको सम्बन्धहरु सात जुनि त के एक जुनिको अन्तिम सास सम्म पनि पुग्न नपाउदै विचमै छु’ट्टिएको हुन्छ । धेरैको सम्बन्धको यात्राले सफलता पाएको छ भने केहि त्यस्ता जोडि विच अविश्वास, आ’शंका र च’रम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ ।

डि’भोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्य लगायत छन् भने गाकिा अञ्जु पन्त र प्रियंका कार्कीले भने नयाँ जिवन साथी पाईसकेको छ । एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डि’भोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् ।

र अझ कला क्षेत्रमा त झनै धेरै छन् । यी महिला कलाकारहरु जो डि’भोर्सपछि पनि एकलै जीवन हाँकिरहेका छन् ।

१. रेखा थापा
नेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्ब’न्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् ।


२. अरुणिमा लम्साल
एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक स’म्बन्धलाई टु’ङ्ग्याएकी थिइन् ।

३. मनिषा कोइराला
मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्णविराम लाग्यो ।

४. मिलन अमात्य
मिलन अमात्य नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डि’भोर्स भयो ।

५. मौसमी मल्ल
मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डि’भोर्स गरेकी हुन् । आफ्नो ‘ध्व’स्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पनासम्म पनि नगरेको उनले बताउने गरेकी छिन् ।

६. गौरी मल्ल
गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म एक्लै बस्दै आएकी छिन् ।

७. रन्जना शर्मा
नायिका रन्जना शर्माले निर्देशक श्याम भट्राईसंग विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् ।

८. रिमा विश्वकर्मा
नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । सांगितिक रियालिटि सो नेपाल आईडल लगायत कमेडि च्याम्पिएन जस्तो लोकप्रिय कार्यक्रममा लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ताका कारण चर्चामा रहन्छिन् ।

९. चुल्ठिम डोल्मा
चलचित्र नोभेम्बर रेन बाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक स’म्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् । हाल उनी एक्लै बस्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...