काठमाँडौ – नेपाली चलचित्र क्षेत्रका कलाकारहरु नेपालमा करिअर बनाएर पछि देशै छोडेर जानु कुनै नौलो कुरा होईना ।
नेपाली चलचित्रका पछिल्ला कलाकार होस या यस अघिका पुराना कलाकारहरु नै किन नहोस सुख र सुविधाको लोभमा देशै नै छोडेर गएका धेरै नै छन् । आज हामी तपाईहरुलाई आफ्नो समयमा अहिलेका नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका अघिल्लो पुस्ताका अभिनेत्रीहरुको बारेमा जानकारी दिन जादैछु ।
समयसँगै उनिहरुलाई नेपालका नयाँ दर्शकहरुले विर्सदै गइसकेको पनि छ । पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम याद गर्ने गर्छन् ।
हाल यो चलन कम देखिए पनि एक ताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै नै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो ।
करिष्मा मानन्धर, गौरी मल्ल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् ।
आज हामी तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्यको सपना सजाएर सधैंका लागि अमेरिका उडे ।
जल शाह
पुजा चन्द
सारंगा श्रेष्ठ
ऋचा घिमिरे
अरुणिमा लम्साल
रञ्जना शर्मा
सौजन्य सुब्बा
युना उप्रेति
सज्जा मैनालि
उषा पौडेल
विनिता बराल
मेलिन्दा मनान्धर
कृष्टि मैनाली
अनुपमा प्रसाई
थप समाचार
काठमाँडौ – भनिन्छ नि विवाह दुई आत्माको मिलन हो । जब हामी कसैलाई माया गर्छो प्रेम गर्छौ त्यतिबेला न त हामीले त्यसको जात,धर्म,भाषा, वर्ग हेर्छौ न त उसको पेसा नै । हामीले कोही कसैलाई यदि साँचो मनले मन पराउछौ भने त्यहाँ कुनै स्वार्थ लुकिएको हुदैन । पछिल्लो समयमा आएर हामीले प्रेममा पनि स्वार्थ लुकिएको हुन्छ भनेर कतिपय घटनाहरुको बारेमा नसुनिएको भने पक्कै होइन ।
धर्मिक शास्त्रमा विवाह गर्दा विशेषगरी छोरी मान्छेको उमेर छोरा मान्छेको भन्दा कम हुनुपर्छ भनेर भनिएको छ तर पनि पछिल्लो समय भने उमेरको ख्याल नराखी कुनै भेटघाट तथा सामाजिक संजालमा हुने कुराकानीले गर्दा पनि माया बसेर बिहे गरिरहेका हाम्रो समाजमा खुल्स्त रुपमा देखिएका छन् ।
नेपाली समाज २१ औ शताब्दिमा आईपुग्दा पनि अझै पनि विवाहको यो मान्यता हटन सकेको छैन । अझै पनि हाम्रो समाजमा श्रीमती भन्दा श्रीमान ठुलो हुनु पर्छ भने हाम्रो धार्मिक मान्यता अझै चलिरहेको छ ।
अहिलेको समयमा धेरै यस्ता केस देख्न सकिन्छ जहाँ श्रीमान भन्दा श्रीमती जेठी हुन्छिन् र यस्तो बिहेले गर्दा केहि समस्या नभएको समेत देख्न सकिन्छ तर धार्मिक शास्त्रमा बिश्वास गर्ने हो भने यस्तो बिवाहले श्रीमान र श्रीमती बिच बिहे गरेको दुइ, तिन बर्ष राम्रो समबन्ध नहुने देखिन्छ ।
यसको बाबजुत पनि विवाह सम्बन्ध भने जोडिरहेको छ । कतिपय विहे सम्बन्धको कुरा मिडियामा नआएको घटनाहरु धेरै नै छन् तर आज हामी नेपाली सिने जगतकी सेलिब्रेटिहरुको जसको विवाह सम्बन्धको बारेमा मिडियामा आएको ५ नेपाली नायिकाको बारेमा बताउन जाँदैछौं जो आफ्नो श्रीमान भन्दा बढी उमेरमा छन् ।
१. प्रियंका कार्की
नेपाली चलचित्र क्षेत्रकि चर्चित नाियका माध्येकी एक नायिका हुन प्रियंक कार्की । उनले आफु भन्दा कम उमेरको आयुष्मान देशराज जोशीसँग वि.स २०७६ साल फागुन १७ गते विवाह गरेको थियो । प्रियंका भन्दाआयुष्मान ६ वर्षको भाई रहेको बताइएको छ । उनीहरुले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यी दुई जोडी प्रायस् आफूहरु बीच रहेको उमेरको भिन्नताले चर्चामा आउने गर्छन् ।

२. निशा अधिकारी
यसरी आफु भन्दा उमेरको हिसावमा भाईसँग विहे गर्नेमा अर्को नायिका हुन् निशा अधिकारी । विगत लामो समय देखि राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेषवाकरसँग विवाह गरेकी हो । नििशा शरद भन्दा दुई वर्ष जेठी छिन्। विगत लामो समय देखि प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो ।

३. श्वेता खड्का
यसरी आफु भन्दा उमेरको हिसावमा भाईसँग विहे गर्नेमा अर्को नायिका हुन् श्वेता खडका । नेपाली चर्चित अभिनेता तथा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो विवाह गरेकी थिई तर विवाह बन्धनमै बाँधिएकी एक महिना नपुग्दै श्रेष्ठको निधन भएपछि खड्काको दोस्रो विवाह यहि वर्ष मङ्सिर २२ गते प्रख्यात व्यापारी बिजेन्द्रसिंह रावतसँग भएको हो। श्वेता आफ्नो श्रीमान बिजेन्द्र भन्दा उमेरमा ४ वर्षले जेठी छिन् ।

४.बिपना थापा
यसरी आफु भन्दा उमेरको हिसावमा भाईसँग विहे गर्नेमा अर्को नायिका हुन् बिपना थापा । कुनै समय नेपाली फिल्म जगतमा राज गरेकी नायिका बिपना थापा पनि आफ्ना श्रीमान भन्दा जेठी रहेकी छिन्। उनी डाक्टर आशुतोषसँग विवाद बन्धनमा बाँधिएकी छिन्। यी दुई बीच पनि ४ वर्षको उमेर भिन्नता रहेको बताइन्छ ।

५. मेलिना मानन्धर
यसरी आफु भन्दा उमेरको हिसावमा भाईसँग विहे गर्नेमा अर्को नायिका हुन मेलिना मानन्धर । नेपाली चलचित्र जगतकी सुन्दरी नायिका भनेर चिनिने मेलीना मानन्धर पनि आफ्नो श्रीमान मुकेश ढकालभन्दा जेठी छिन् । मेलिना अहिले ४४ वर्षकी भइन्। तर उनका श्रीमान मुकेश भने ४० वर्ष मात्रै पुग्दै छन्। अर्थात् मेलिना मुकुश भन्दा चार वर्ष जेठी छिन् ।

























