नेपाली चलचित्र जगतका चर्चित नायकहरुको सुचिमा आफ्नो नाम लेखाउन सफल नायक हुन दिलिप रायमाझी । कतिपयलाई थाहा नहुन सक्छ दिलिपको छोरी कत्रि भई के गर्दै छिन भनेर ।
दिलिपको छोरी दिब्य पनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि अपडेट हुन थालेकी छिन् ।
नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा हात हाल्दैछिन् ।
अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेको बुझिएको छ । केहि पहिला उनी नयाँ फिल्मबाट डेब्यु गर्ने चर्चा चलेपनि त्यो सफल हुन सकेन । तरपनि उनी नेपाली फिल्मी नगरीमा लाग्ने उनका नजिकका ब्यक्तीहरू बताउछन् ।
सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्या कहिले डेब्यु गर्छिन् भन्ने चाँहि निर्क्यौल छैन ।
उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन । दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् । उनको चर्चा भने सामाजिक संजालमा चने निकै हुने गरेको छ ।
दर्पण छायाँ, जिन्दगानी, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका अभिनेता दिलिपकी छोरी दिब्या भने अहिलेसम्मको उनको बाटोमा हिँडेकी छैनन् । अर्थात अहिलेसम्म अभिनय यात्रामा देखिएकी छैनन् ।
जे होस् उनको चर्चा भने सामाजिक संजालमा निकै चुलिएको छ । यसैक्रममा हामीले सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छौ ।




























