नेपाली चलचित्र आकाशमा सामान्यतय नायक हुन भनौ अझ हिरो हुनको लागि सामान्यतय शरिर सुन्दर अनुहार साथ आकर्षक व्यक्तित्व हुनुपर्छ । कतिपय व्यक्ति तिनै योग्यता नहुदा नहुद पनि नेपाली सिने जगतमा आफ्नो कलाले हिरोको भुमिका निभाईरहेका छन् साथ हिरो बनि नेपाली सिनेजगतलाई अगाडि बडाईराखेका छन् ।
नेपाली चलचित्र जगतमा दयाहाङ राई पनि एक हुन् उनको सामान्यतय कम हाईट अनि झट्टा हेर्दा जिउ नमिलेको जस्तो देखिन्छ तथापि उनि नेपाली सिने जगतको लागि अपरिहार्य व्यक्ति हुन भनेर उनले सावित गरिसकेका छन् । वर्तमान समयमा चार्चाको शिखरमा रहेको नाम हुन् दयाहाङ राई जिवनिलाई सर सर्ति फर्केर हेर्दा ।
वि.स २०३७ साल बैशाख १ गते आईताबार अर्थात सन १९८० अप्रिल १३ मा भोजपुरको विकट गा.वि.स खावामा बुबा टिकाराम राई र आमा चन्द्रदेवि राईको कोखबाट जन्म भएको हो । मध्यम परिवारमा जन्मेका दयाहाङ रार्ईका परिवारमा ७ जना सदस्या रहेका थिए । उनका २ आमा छन् । बाल्यकाल पुर्ण रुपमा खेतिपाति र गोठालोमा विताएका दाया सानैदेखि एकदम लजालु र अन्र्तमुखि स्वभावका थिए । उनि यतिसम्मको अन्र्तमुखि कि खेल्ने क्रममा चोटपटक लागेमा त्यो घाउ लुकाएर राख्दाथे ।

यस्ता कुरा बुबा आमालाई सुनाए भने उहाँहरुलाई दुःख लाग्छ भन्ने उनका सोचाई थियो । एकदम अन्तर्मुखि स्वभाव दयाका हतपत साथी पनि हुदैन थ्यो । उनि स्कुल विदाका दिन खोलका किनारामा अनौठो प्रकृतिका ढुंगा बटुल्न जान्थे भने खेलौनाहरु आफ्नो लागि आफै बनाउथे । बाल्यकालमा उनले संकलन गरेको सामाग्री र बनाएको खेलौनाहरु अझै पनि उनले घरमा सुरक्षित राखेका छन् । दयाले निम्ना माध्यमिक शिक्षा पशुपति निम्न माध्यमिक विद्यालय खावा बाट पुरा गरेका हुन् । भने अन्नपुर्ण उच्च माध्यमिक विद्यालय दिल्पाबाट २०५५ सालमा एस.एल.सि पास गरेका हुन् । उनि सानैबाट नाटक सुन्ने र लेख्ने कार्यमा उत्सुकता दिन गर्दथे ।
नाटकमा रस भर्न खासमा उनको आमाको ठुलो हात छ । आमाले उनलाई दर्जानौ लोक कथा र नाटकहरु सुनाईदिन्थे । उनि सिर्जनात्मक कार्यमा भने जहिले अगाडि हुन्थे । विद्यालय स्तारमा हुने क्रियाकलापमा आफ्ना कलाकारिता पस्कन्थे । दयाले उच्च मा.वि को पढाइ भोजपुर बहुमुखि क्याम्पसबाट भुगोल विषयमा पुरा गरेका हुन् । भने २०५८ सालमा काठमांडौ आएर नेपाल मानाविकि क्याम्पस आर आर क्याम्पसमा पत्रकारिता विषयमा भर्ना भए । कलाकारितामा लागेको कारण उच्च शिक्षा राम्रारी अगाडि बडाउन नसकेको दया नाटक भने विस्तार भिज्दै गए ।

ससस्त्र द्धन्द्ध कालको समय उग्र रुपमा अगाडि बढदा २०५८ सालमा दयाहाङ रार्ई खासगरि अवसर खोज्न काठमांडौ छिरेका थिए । घरबाट बुबा आमाले त्यस काठमांडौ जाना नदिने डरले उनले विदेश धन कमाउन जान्छु भनेर बुबा आमालाई ढाटेर काठमांडौ आएका हुन् । त्यसवेला उनले दुई दिनको पैताल यात्रा गरेपछि जिवनमा पहिलो पटक गाडि देखेका थिए ।
काठमाँडौ छिरे सँगै उनको सघर्षको कथा सुरु भयो । काठमाँडौमा आफन्तककोमा वस्ने भएपछि उनलाई खासै समस्या नभए पनि कलाकार बन्न उनले निकै मिहिनेत गरे । २०६० साल देखि कलाकारीतासँग जोडिएका दयाले २०६३ सालमा एक्टर स्टुडियोमा नाटकको काम सिक्ना थाले ।
त्यस अघि उनले युवा नामक पहिलो टेलिफिलिम खेले भने कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हाम्रो टिम नविन सुब्बाले निर्देशन गरेको दलन टेलिफिलिममा पनि काम गरे । दलन नामक टेलिफिलिम सुटिङ भएको ६ बर्ष पछि २०६६ सालमा नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । रामबाबाु गुरु को फिचर्स फिल्म अनागरिकमा अभिनय गरेपछि नेपाली सिनेमा जगतमा उनको प्रवेश भएको हो ।
त्यसपछि मेरो एउटा साथी छ जस्तै फिल्म खेलेसँगै २०६९ सालमा बनेको लुट फिलिममा गोपाल गुरुङ अर्थात गोप्लेको भुमिकाले उनलाई एकएक चर्चाको शिखरमा पु¥यायो । नरेन्द्र महर्जन र माधव वाग्लेद्धारा निर्माण गरिएको निश्चल बस्नेतको निर्देशनको चलचित्र लुट नै उनको जिवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । त्यस पछि उनले आजको दिन सम्म पछाडि फर्केर हेर्नु परेको छैन ।

अब कुरा गरौ दयाहाङ राईको विवाह सम्बन्धी कुरा
कलाकारितामा संघर्ष गर्दागदै दयाको एक युवतिसँग अनौठो सम्बन्ध जोडन पुग्यो । पछि तिनै सम्बन्ध प्रेम र विवाहमा परिणत हुन पुग्यो वि.स २०६३ सालमा गायिका मेनुका राई सँग । भनिन्छ यात्रा गर्दा एउटा खुटटा अघि हुदा अर्को खुटटा पछि पर्छ नै न त्यति वेला न अगाडि बढना खुटटाले घमन्डा गर्छ न पछाडि परेको खुटटाले हिनताबोध किनकी त्यो अवस्था पल भरमै परिवर्तन हुन्छ । फेरी यहि परिवर्तनले नै गन्तव्यमा पु¥याउने हो । सायद यहि कुरालाई बुझेको हुनुपर्छ मेनुकाले पनि उनको अवाजमा केहि गितहरु रेकर्ड भएतापनि दयाको फिल्म करियरलाई साथ दिन उनि यतिबेला पुर्णरुपमा गृहस्ति भएर घर समालिरहेका छन् । दया र मेनुकाको मायाको बरेमा साम्दुहाङ नाम गरेका एउटा फुल पनि छ ।

दयाहाङ राईले हालसम्म के कति अवार्डहरु पाएँ त हेरौ
दयाले अहिले सम्म दासढुुंगा,सम्बोधन कबड्डि कबड्डि गरेर ३ ओटा फिल्मबाट तिन ओट राष्टिय चलचित्र अवार्ड प्राप्त गरेका छन् भने अन्य विभिन्न संघसस्थाले आयोजना गरेको अवार्ड कार्याक्रमबाट दर्जानौ आफ्नो पोल्टामा पारिसकेका छन् । उनको चलचित्र हलमा लाग्ने बित्तिकै दयाले अब हसाउछ भन्ने धेरै दर्शकले सोच राख्दछन् । उनले एक दशकमा एक दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । यस दौरानमा पसाको प्रलोभनमा परि केहि कमजोर कथामा अभिनय गरेको आरोप समेत लाग्ने गरेको छ । तथापि दयालाई लिएर चलचित्र बनाउनेको भिड अझै कम भएको छैन । उनका केहि प्रसंसकहरुले भन्ने गर्छन् राजेश हमाल जस्तो महानायक युग समाप्ति पार्ने नयाँ युग सुरु गर्ने कलाकार न दयाहाङ राई हुन् ।
नेपाली सिनेजगतको एक चर्चाको नाम दायाहाङ राई झट्ट हेर्दा खाँट्टी लाहुेर झैं देखिन्छन् ४० वर्षे दयाहाङ राई । चिम्सा आँखा, थेप्चो नाक र बटुलो अनुहार । उचाइ पनि त्यति अग्लो पनि नभएको होचो पनि नभए’को औसत खाल’को । जबकि उनी नेपाली सिनेमाका अग्रपङ्क्ति’का अभिनेता हुन् । चिल्लोचाप्लो एवं सुकिला(मुकिला मात्र ‘हिरो’ हुन्छन् भन्ने पुरातन छवि’लाई भत्काउँ’दै नेपाली सिनेमा’मा उनको पर्दा’पण भएको हो ।
























