एजेन्सि – हाम्रो जस्तो नेपाली समाजमा कुनै पनि छोरी चेलीलले विवाह अगाडि बच्च जन्मायो भने त्यसलाई राम्रो मानिदैन र समाजले त्यस्ता कार्य गर्नलाई पनि छुट दिईदैन ।
तर विश्वमा कुनै समाज यस्तो पनि छन् कि जहाँ विवाह अगाडि नै सन्तान जन्माउने पराम्परा छ र यसलाई समाजले बैधानिकता दिनुको साथै विवाह अगाडि बच्च जन्माए भने शुभ राम्रो समेत मानिन्छ ।
यस्तो अनौठो पराम्परा अन्य कहि नभएर हाम्रै छिमेकी देश भारतमा रहेको छ । भारतको राजस्थानको सिरोहि रापालीमा रहेको समाजमा जहाँ विवाह अगाडि नै बच्च जन्माउने कार्यलाई समाजले मान्यता दिइन्छ । साथै विहे अघि नै जन्मिएका बच्चालाई शुभ मानिन्छ । यतिमात्र होइन, बिहे अघि बच्चा जन्माउन नसके यसलाई अपशकुन मानिन्छ ।
राजस्थानको उदयपुरस्थित सिरोही र पालीमा रहने गरासिया जनजातिमा यो परम्परा १ हजार बर्षअघि बाट चलि आएको छ । यो परम्परा हालैको केहि बर्ष यता विश्वमा देखिएको लिव इन रिलेशनशिपको प्राचिन स्वरुप रहेको छ । जहाँ गरासियाका जनजातिका उमेर पुगेका केटा केटीले स्वेच्छाले लिव इन रिलेशनशिपमा रहने र बच्चा जन्मिएपछि मात्र एकअर्कासंग विवाह गर्ने परम्परा छ ।
त्यस ठाँउमा बसोबास गर्दै आएको गरासिया जनजाति समुदायमा विवाहको लागि भन्दै २ दिन विशेष मेला लाग्ने गरिन्छ । यस मेलामा आएर केटा र केटीले एक अर्कालाई मन पराउने र विना विवाह एक साथ रहन थाल्छन् । यसरी एकसाथ रहेपछि बच्चा जन्मिएपछि मात्र इच्छानुसार विवाह गर्दछन् । यो जनजातीमा जीवनसाथी चुन्न केटा र केटी दुबै स्वतन्त्र हुन्छन् ।
गरासिया जनजातिका मान्यता अनुसार, कैयौं बर्ष पहिले जनजातिका चार भाइ अन्यत्र गएर बसे । जहाँ ३ जनाले विवाह गरे र एकजना मात्र विवाह बिना लिव इनमा बसे । तर केवल लिव इनमा बसेकाबाट मात्र सन्तान भयो अरुबाट भएन । त्यसैले सोहि समयबाट यहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा रह्यो । यो परम्परालाई स्थानीय ’दापा प्रथा’ भन्दछन् ।
























