बिवाह गरेको २७ वर्ष पछि डि’भोर्स श्रीमतीले मागिन २७ बर्षको तलव

एजेन्सि – विवाह दुई आत्माको मिलन भनिन्छ । देश रहन,सहन संस्कार अनुसार फरक फरक हुन सक्छ विवाहको परिचय । सामान्तय विवाह जिवनमा एक चोटि एक जनासँग गरिन्छ त्यो पनि जिवनको अन्तिम सास सम्मको लागि साथ हुनको लागि । विवाह गरिसकेपछि धेरै सम्बन्धहरु विचमै टुङ्गिएको हुन्छ ।


अर्जेन्टिनामा हालसालै एक अनौठो घटना घटेको छ । जहाँ विवाहको सम्बन्ध वि’च्छेद हुदाँ एक व्यक्तिले २७ बर्षदेखि आफ्नी श्रीमतीलाई काम गराउँदै आएको आरोपमा अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्ष’तिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।


अर्टेन्टिनामा बसोबास गर्दै आइरहेका श्रीमान डिबी र एमएल नाम गरेको महिला विच सन १९८१ मा विवाह सम्पन्न भएको थियो । समय वित्दै जादा २००९ मा आइपुग्दा उनीहरु एक अर्का छुट्टिने निर्णयमा पुगे र सन २०११ मा औपचारिक रुपमा सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद हुदा उक्त महिलाको उमेर ७० बर्ष पुगिसकेको थियो ।

अर्थशास्त्रमा स्नातक पास गरेकी ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर पतिको घर सम्हालेकी थिइन् । सम्बन्ध वि’च्छेदको बेला महिलाको उमेर झण्डै ६० वर्षको थियो । उनीसँग जिविको पार्जनका लागि आम्दानीको कुनै माध्यम थिएन र जागिर गर्नका लागि उनको उमेर पनि रहेन । अन्ततः यो मामिला स्थानीय अदालतमा पुग्यो ।

अदालतमा पुगेर उक्त महिलाले आफू आर्थिक सं’कटबाट गु’ज्रिरहेको बताइन् । तत्पश्चात् न्यायाधीशले फैसला गर्दै २७ वर्षसम्म पत्नीलाई केवल घरधन्दा मात्र गराउने उनका पतिलाई २ करोड रुपैयाँ बराबरको रकम क्ष’तिपू’र्तिको रुपमा दिनुपर्ने आदेश दिए ।

फैसलामा ती न्यायाधीशले आज पनि महिलाहरुले घरमा गर्ने कामको कुनै मूल्यांकन नरहेको भन्दै ती महिलाको आर्थिक स्थिति र उनको शैक्षिक योग्यतालाई मध्यनजर गर्दै उनले क्षतिपूर्तिको रुपमा झण्डै २ करोड रुपैयाँ रकम पाउने फैसला गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...