को’रोना भाईरसको संक्रमणि तिव्र गतिमा फैलिएसँगै भारतमा लक’डाउन विभिन्न राज्यमा लागाइएको छ । यो लकडानको कारण धेरै कलाकर्मीहरु कोठाभित्र थुनिना बाध्य रहेको छ । चर्चित हास्या कार्यक्रम कमेडी शो द कपिल शर्मा शो मा काम गरेकी कलाकार सुमोना चक्रवर्तीले लकडाउनको समयामा आफु बेरोजगार भएको बताएकी छिन् ।
यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।
कोरोना भाइरसको संक्रमणको जाखिमलाई कम गर्नका लागि लगाइएको लकडाउन आफ्नो लागि सहज नभएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘लकडाउनको समयमा म बेरोजगार भएकी थिएँ । मसँग काम केही पनि थिएनँ । तर, म परिवारको खर्च चलाउन सक्षम छु ।’
सामाजिक संजालमा आफ्नो मनको कुरा सार्वजनिक गर्दै उनले आफू १० बर्षदेखि एक गम्भिर रोगसँग लडिरहेको पनि उल्लेख गरेकी छिन् । उनी आपैmले एन्ड्रोमोट्रियोसिस नामक रोगसँग लडिरहेकी बताइएकी छिन् । यो रोग चौथो स्टेजमा रहेको उनले उल्लेख गरेकी छिन् । यसले गर्भाशयमा निकै नै पीडा दिने र यसबाट बच्नका लागि खानपान, व्यायम र तनाव विनाको जिन्दगी जिउनु पर्ने उनले उल्लेख गरेकी छिन् ।
सुमोनाले बलिउडमा अब नायक–नायिकाको यूग सकिएको भन्दै राम्रो कथामा काम गर्न चाहेको पनि बताएकी छिन् । उनले आफूलाई साइको वा प्रहरी अफिसर्सको भूमिकामा काम गर्न मन लागेको पनि बताएकी छिन् ।
























