को’रोना माहामारीको कारण यतिबेला विश्वका अधिकांश देशहरु शिकार बनिरहेको छ । यसलाई रोकथाम गर्न विभिन्न देशले कतै लक’डाउन त कतै आंिशक लकडाउन गर्दै आईरहेको छ । ल’कडाउनले गर्दा अत्यावश्यक बाहेकको सम्पुर्ण क्षेत्रहरु बन्द गरिएको छ ।
अत्यावश्यक कामका लागि घरबाट निस्कनुपर्ने मानिसहरुका लागि सम्बन्धित प्रशासनले अनुमतिपत्र अर्थात् पासको व्यवस्था गर्ने गरेको छ ।छिमेकी देश भारतमा पनि लकडाउन चलिरहेको छ ।
भारतको केरला राज्यमा पनि पं्रशासनले लगाएको लकडाउनको कारण अत्यावश्यकीय कामका लागि निस्किनुपर्ने मानिसहरुले विद्युतीय पासका लागि आवेदन गर्नुपर्दछ र त्यस्तो पास प्राप्त भइसकेपछि मात्र सो लिएर हिड्नु पर्दछ । लाखौ मानिसहरु दैनिक अति आवश्यक कामको लागि बाहिर जानुपर्ने कारण वस्तुपरक तथा यथार्थ उल्लेख गर्ने गरेका हुन्छन् ।
तर कतिपय निवेदकले चाहिँ निकै बनावटी तथा अनौठो कारण उल्लेख गरेर समेत पासका लागि निवेदन पेश गर्ने गरेका छन् । एक व्यक्तिले यस्तो एउटा अनौठो कारण पेस गरेको थियो कि प्रहरीले अनलाइनमा प्राप्त उनको निवेदन देखाएपछि ती व्यक्ति छाँगाबाट खसेजस्तो भए ।
पुलिसको अनुसार भारतको केरलाको कान्नापुरमस्थित कान्नुरमा बस्ने एक व्यक्तिले सहवासका लागि बेलुकी घर बाहिर निस्किनुपर्ने भन्दै पासका लागि निवेदन पेश गरे । उनले ई(पासका लागि दिएको आवेदनमा पास चाहिनुको कारण ‘गो फर सेक्स’ उल्लेख थियो । जब प्रहरीले त्यस्तो अनौठो निवेदन प्राप्त गरेसँगै प्रहरीले ति निवेदन दिने व्यक्तिको खोज अनुसन्धान गर्न थाल्यो ।
प्रहरीेले अनुसन्धानबाट ति व्यक्तिलाई पक्राउ गरेर प्रहरी चौकीमा ल्यायो र सम्भोगका लागि बेलुकी घरबाहिर निस्किनुपर्ने भन्दै पासका लागि निवेदन पेश गर्नाको कारण सोध्यो । आफूले बेलुकी ६ बजे कामका लागि घरबाहिर निस्किनुपर्ने भन्ने लेखेको तर ‘सिक्स ओ’क्लक’ लेख्नुपर्नेमा गल्तीले ‘फर सेक्स’ हुन पुगेको उनले प्रष्टीकरण दिए ।
हिज्जे र सन्दर्भमै गल्ती भएको कुरा आफूले थाहा नपाएको र गल्ती भएको निवेदन नै पेश हुन आएकोमा उनले माफी मागे । उनले गल्ती स्वीकार गरेसँगै प्रहरीले ती व्यक्तिलाई छाडेको थियो ।
























