तनहुँ – को’रोना भाईरसका कारण एक सुत्केरी महिलाको ज्या’न गएको छ । भिमाद नगरपालिका – ५ की २२ वर्षीया सात महिनाकी गर्भवती महिलालाई घरमै ज्वरो आएपछि स्वस्थयमा सुधार नआएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भइ अस्पतालले पिसिआर परीक्षण गर्दा वैशाख २८ गते उन’को रिपोर्ट पोजेटिभ आयो ।
यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।
अस्पतालमा उनलाई आईसोलेसनमा राखेर उपचार गरिदै आएको थियो । उपचारको क्रममा उनलाई स्वास प्रस्वासमा समस्या आएपछि अस्पतालका चिकित्सकले अप्रेसनमार्फत बच्चा निकाले । बच्चा जन्मियो, तर शनिबार बिहानै उनको मृ’त्यु हुन पुग्यो ।
यो पनि पढनुहोस : कोरोनाले बुबाआमाको मृत्यु भएपछि ६ बर्षिय छोरीको सन्देशले संसारलाई रुवायो
कोरोना भाइरसको संक्रमण पुष्टि भएको चार दिनमै उनले मृत्युवरण गर्नुपरेको थियो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । उनीहरूको पनि भिमादका ती महिलाजस्तै कोरोना संक्रमण पुष्टि भएको छोटो समयमै मृत्यु भएको हो ।
यसपालि कोरोनाको संक्रमणको फैलावट तीब्र बनेको र जुनसुकै उमेर समूहका व्यक्तिको पनि मृ’त्यु हुन पुगेको डा. शर्माले बताए । नेपालमा फैलिएको युके भेरियन्टको कोरोना भाइरसले छिटो फैलाउने र मृत्युको मुखमा लगेको उनी बताउँछन् । नेपालमा भित्रिएको यही दुई प्रकारका भाइरसले संक्रमण भएको २(४ दिनमै संक्रमितको मृत्यु भएको उनको भनाइ छ ।
गत वर्ष देखिएका कोरोना भाइरसले प्रतिरोधात्मक क्षमता कम भएका वृद्धलाई असर गरे पनि अहिले जुनसुकै उमेरका र प्रतिरोधी क्षमता बढी भएका निरोगी व्यक्तिको पनि ज्यान गइरहेको उनले बताए । भारतबाट फर्कनेहरू मार्फत् को’रोना महा’मारी फैलिएको भन्दै उनले छिटो फैलन सक्ने भएकैले अहिले सानो जमघटमा गएकाहरूमा एक जनाबाटै सबैलाई संक्रमण गराएको उनले बताए ।
को’रोना भा’इरसको यो भाँडभैलो रोक्न मानिसले आफैंले आफैंलाई निषेध गर्नुपरेको उनको भनाइ छ। ‘को’रोना रोक्न आफैंलाई निषेध गर्नुपर्छ, प्रशासनले कतिबेला बाहिर निस्कन देला र निस्कौंला भनेर हुँदैन,’ डा। शर्माले भने, ‘बाहिर निस्कँदा कोरोना सर्ने र फैलने डर हुने भएकाले सकेसम्म भित्रै बसौं, कसैलाई नभेटौं ।’
























