काठमाडौं –
के तपाईले एउटा व्यक्तिको १६ जना श्रीमति छ भन्दा पत्याउनु सक्नुहुन्छ ? यो पत्याउनु त पराको कुरा यो सोचको बाहिराको कुरा रहेको छ ।
तर अफ्रिकि मुलुकमा एक व्यक्तिको भने १६ ओटा श्रमिति रहेको छ । ति १६ श्रीमतिबाट उनको बच्च १ सय ५१ जना रहेको छ । हाल ६६ बर्ष पुगिसकेका मिशेक न्यानदोरो नाम गरेको व्यक्तिले अर्को नयाँ विहे गर्ने योजना बनाइरहेको छ ।
त्यो पनि १७ औ मिशेकलाई १०० वटी बिहे गर्ने इच्छा समेत रहेको बताइएको छ । उनले जनसंख्या नियन्त्रणको के कुरा परिवार नियोजन जस्ता कुराहरुबाट टाढा रहदै आएको छ ।
जिम्बाब्बेको समाचार पत्र द हेराल्डसँग कुरा गर्दै मिशेक न्यानदोरो नामका यी व्यक्तिले आफूले कुनै काम नगर्ने र श्रीमतीहरुलाई सन्तुष्ट पार्नु नै आफ्नो फुलटाइम जागिर भएको दावी गर्छन् ।
यी व्यक्तिको दावीअनुसार उनका बुढी श्रीमतीहरु उनको यौन क्षमतासँग बराबरी गर्न सक्दैनन् त्यसैले उनले युवा श्रीमतीहरु बिहे गरिरहनुपर्छ ।मिशेकको कुनै पनि जागिर ,काम गरेको छैन ।
१ सय ५० छोराछोरी भएर आफूलाई कुनै दबाब नभएको बरु फाइदा भएको उनी बताउँछन् । छोराछोरीको दिएको गिफ्टबाट आफुलाई झन फाईदा रहेको बताएको छ ।
जिम्बाब्बेको मशोनाल्याण्ड सेन्ट्रल प्रान्तको बायर जिल्लामा बस्दै आाएको उनको मर्नु भन्दा पहिले १ हजार छोराछोरी जन्माउने चाहाना रहेको बताएको छ ।
यी व्यक्तिले आफ्नो लागि कार्यतालिका पनि डिजाइन गरेका छन् । कार्यतालिकाअनुसार उनी हरेक रात आफ्ना ४ श्रमितीलाई शारीरिक रुपमा सन्तुष्ट पाछृन् ।
अब मिशेकले २०२१ मा फेरि बिहे गर्ने तयारी गरेका छन् । उनको परिवारको मुख्य पेसा खेति किसान हो र यसबाहेक उनका ६ जना सन्तान जिम्बाब्बेको सेनामा छन् ।
२ सन्तान पुलिसमा छन् र अन्य ११ सन्तान फरक फरक क्षेत्रमा जागिर गर्छन् । उनका १३ छोरीहरु बिहे भएर गइसकेका छन् । उनले २०१५ मा पछिल्लो पटक बिहे गरेका थिए ।
यसपछि केही समयका लागि उनले ब्रेक लिएका थिए किनकि त्यतिबेला जिम्बाब्बेकोअर्थतन्त्र निकै बिग्रिएको थियो ।
यी व्यक्ति जिम्बाब्बेको स्वतन्त्रताका लागि १९६४ देखि १९७९ सम्म चलेको रोडेसियन बुस वारमा सहभागी भएका थिए । १९८३ मा उनले आफ्नो प्रोजेक्ट सुरु गरेका थिए ।
जिम्बाब्बेलाई भएको ठूलो जनधनको क्षतिपछि उनले आफ्नो देशको जनसंख्या बढाउन सहयोग गर्ने निर्णय गरेका थिए ।
























