एजेन्सी – भारतको विहारको बक्सर जिल्लामा नदिले ला’सहरुलाई बगाएर ल्याएको छ । यसरी गंगा नदिले एकाएक ला’शहरु नदिले बगाएर ल्याएपछि स्थानियले प्रशासनलाई जानकारी दिएको थियो । सुचना पाएपछि घटनास्थल पुग्दा ७१ वटा शव देखिएको भारतिय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सले भनेको छ ।
यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।
चौख मसानघाटमा रहेका स्थानीयले यो ला’श यहाँको नभएको बताए । यी श’वहरु उत्तर प्रदेशबाट बगेर आएको उनीहरुको दाबी छ । बक्सरका कलेक्टर अमन समिरले युपीको गाजीपुर र बलिया प्रशासनसँग समन्वय गर्दै शवको दाहसंस्कार गर्ने प्रयास भइरहेको बताए ।
यस अघि नदिले औसतमा २ देखि ३ ओटा लासलाई बगाएर ल्याउने गरेकोनदी किनारमा बस्ने पण्डित दिन दयाल पाण्डेले बताएको छ तर पछिल्ला १५ दिनदेखि यहाँ दैनिक २० लाश आइरहेको छ । गंगामा तैरिएका शव संक्रमित व्यक्तिको रहेको उनले बताए । घाटमा बस्नेहरुले लासलाई बगाउन रोक लगाउदा उल्टै हामीलाई जलाउनको लागि दाउरा तिम्रा घरकाले दिएका छन् र भन्दै झगडा गरेको घाटमा बस्ने अन्जोरिया देवीले भनिन ।
मानिससँग अन्त्येष्टिको पैसा छैन
बक्सर जिल्लामा कोभिड संक्रमित बिरामीको अन्त्येष्टी गर्दा १५ हजारदेखि २० हजार भारुसम्म खर्च हुन्छ । स्थानीय चन्द्रमोहन भन्छन्, ‘निजी अस्पतालमा लूट मच्चिएको छ । स्थानीयसँग मसानघाटमा लगेर विधिपूर्वक अन्त्येष्टी गर्नका लागि पैसा छैन । एम्बुलेन्सबाट शव लैजानका लागि पनि दुई हजार भारु मागिन्छ । यस्तो गंगा मैया नै विकल्प बचेकी छिन् । मानिसहरु यहीँ पार्थिव शरीर अर्पित गर्छन् ।’
























