बिवाह खर्च कटाएर अक्सिजन किन्न ५१ हजार सहयोग

दाङ – को’रोनाको कहर बिच पनि विवाह कार्यक्रम रोकिएको छैन । सरकारले भिडभाड हुने सम्पुर्ण कार्यक्रमहरु स्थगित गर्दै गर्दा विवाह भने निश्चित मान्छेको उपस्थितिमा गर्न दिने भनिएको छ । यस्तै कोरोनाको महामरीको विच विवाह गरेको नवदुलहीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।

को’रोनाको म’हामारिको बेला घोराही १८ नवलपुर निबासी अबिनाश राना र सिर्जना राना कवरले आफ्नो बिवाह खर्च कटाइ अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि ५१ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो । राना र कवर बिच कोरोनाको महामारिमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ बिवाह गरेको थियो ।

बिवाह खर्च कटाइ सानो रकम अक्सिजन खरिदका लागि पैसा सहयोग गर्न पाउदा आफुहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक शन्देश प्रबाहसहित सामाजीक उत्तरदायीत्व बहन गर्दै सो रकम सहयोग गरेको उनिहरुको भनाइ छ ।

नब बिबाहित जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारि, अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्कार लामीछानेलाई ५१ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो ।

उपकुलपती भण्डारिले कोरोनाको महामारीमा आफ्नो बिवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाइ सहयोग गरेकोमा धन्यवाद दिदै बैबाहिक बन्धनमा बाधीएकोमा सफल दाम्पत्य जिबनको बधाइ तथा शुभकामना दिनु भयो ।

आर्थीक सहयोग गर्ने नब बिबाहित जोडि दाङ निर्माण ब्यबसायी संघका कार्य समिती सदस्य राना नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेश अध्यक्ष बलिभद्र राना र अनिता रानाको छोरा र बुहारी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...