काठमाँडौ – सरकारले कोरोना भाईरसका कारण जोखिम हुनबाट रोक्नको लागि पुर्ण वा आंशिक रुपमा निषेधाज्ञा लागु गरेको छ । सर्वसाधारणरु यति सम्म हुन्छन् कि विना काम सडकमा लुखुर लुखुर हिडिरहेको देख्न सक्छौ । विना काम सरकारले जारी गरेको नियमलाई नमान्दै हिडनेलाई नेपाल प्रहरीले टन्टलापुर घाममा घामको तातोतातो रापसँगै पसिना पुछ्दै चौरमा राखेको छ ।
यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।
सरकारले जारी गरेको नियमलाई कार्यान्वयन गर्ने क्रममा सुरक्षा निकायका कर्माचारीले सामजिक दुरी सहित चर्को घाममा राखेको छ । गुल्मीको ताम्घासमा रहेको चाउरमा प्रहरीले विना काम सडकमा लखर लखर हिडेकाहरुलाई पक्राउ गरी यसरी चर्को घाममा राखेको हो ।
सुनसान सडकमा मस्तसँग गफ चुट्दै हिँडेका र कामको बहाना बनाएर निषेधाज्ञाको कुनै वास्ता नगरि सडकमा हिँडिरहेकालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले चिदिचौरमा केही समय भए पनि राम्रैसँग घाम तपाएको हो ।
विना काम बाहिर निस्कँदा यसरी प्रहरीको फन्दामा परिन्छ र कारबाही बेहोर्नुपर्छ भन्ने उनीहरुले सोचेका थिएनन् । ‘म मिस्त्री हुँ, सामान लिन जान भनेर निस्केको थिएँ, मलाई पनि छोप्यो’, नाम प्रकाशित नगर्ने शर्तमा एक युवतीले मुन्टो निहुराउँदै भनिन्, ‘हाम्रो फोटो नखिच्नु है दाइ ?’
प्रहरीले उनीहरुलाई घाम मात्र तपाएन उनीहरुलाई अब यसरी सडकमा विना काम लखर–लखर डुल्न हुँदो रहेनछ भनेर एउटा गतिलो पाठसमेत सिकायो ।
























