बिल गेट्सको सम्बन्धविच्छेद यी महिलाको कारण

काठमाँडौ – माईक्रोसफ्ट कम्पिनीका संस्थापक बिल गेट्सले हालै विवाह बन्धनमा कसिएको करिब २७ बर्षको सम्बन्धलाई अन्त्य गरेको घोषणा गरेका छन् । यो सम्बन्ध विच्छेदको भित्री कारण के हो भन्ने बारेमा सार्वजानिक रुपमा कारणहरु बाहिर आएको छैन तर यसै बिच एक महिलाको नाम सार्वजानिक भएको छ । खबरलाई विश्वास गर्ने हो भने यही महिलाका कारण बिल र मेलिन्डाको सम्बन्धविच्छेद भएको हो ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।


धेरै अनलाईनहरुले विलगेट्स र चिनियाँ महिला ज्हे शेली वाङ्ग बिच अफेयर चलिरहेको भन्ने समाचार प्रकाशित भएको थियो । अनलाईनहरुले खबर संप्रशेन गरेसँगै वाङ्ग आफैं सार्वजनिक भइन् र उनले चीनको लोकप्रिय सोसल मिडिया वेबोमा आफ्नो पक्ष राख्दै यी अफवाहको खण्डन गरिन् ।

यो पनि पढनुहोस : माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गरे सम्बन्ध विच्छेद


वाङ्गले चीनको मन्दारिन भाषामा लेखेकी छिन्, ‘मलाई लागेको थियो यो अफवाह आफसे आफ समाप्त हुनेछ किनभने यो अफवाह आधारहीन छ तर मलाई थाहा थिएन कि यो यति धेरै बढ्दै जानेछ । म ती सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई यो मुश्किल समयमा साथ दिनुभयो र यी अफवाह समाप्त गर्न मेरो मद्दत गरे ।’


स्मरण रहोस्, ज्हे शेली वाङ्ग ३५ वर्षकी छिन् र उनी चीनबाट अमेरिका आएकी थिइन् । उनी हाल सिएटल शहरमा बसिरहेकी छिन् र अविवाहित छिन् । उनी एक व्यावसायिक ट्रान्सलेटर हुन् र उनले गेट्स फाउन्डेशनबाहेक येल स्कूल अफ म्यानेजमेन्ट र हार्वर्ड बिजनेस स्कूलका लागि पनि काम गरिसकेकी छिन् ।


वाङ्गकी साथी लीले यसबारे एक ब्लग पोस्ट पनि लेखेकी छिन् । उनले वाङ्ग आफ्नो पुरानो सहकर्मी भएको छ र उनीबाट आफूले धेरै प्रेरणा पनि पाएको बताएकी छिन् । उनी भन्छिन्, ‘म कहिल्यै विश्वास गर्न सक्दिनँ कि उनले अरुको वैवाहिक जीवनमा दखल दिने कोसिस गर्न सक्छिन् ।’


यो मामिलामा वाङ्गकी साथी लीले वाङ्ग निकै महत्वाकांक्षी भएको पनि बताइन् । उनी भन्छिन्, ‘उनी विभिन्न काम गर्नका लागि आफूलाई निकै प्रोत्साहन गर्छिन् । उनले दुई वर्ष अघि पाइलटको लाइसेन्स पनि पाएकी थिइन् र उनले पाइलटको तालिम पनि पूरा गरिसकेकी छिन् ।’


स्मरण रहोस्, बिल गेट्सको सम्बन्धविच्छेदको घोषणाका साथै टाइम म्यागजिनको एक आर्टिकल भाइरल हुन थालेको थियो र यसका कारण उनको नीजि जीवनबारे चर्चा हुन थालेको थियो । यो आर्टिकलमा लेखिए अनुसार बिल गेट्सको आफ्नी श्रीमतीसँग एक अचम्मको सम्झौता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...