एजेन्सि –
मान्छे कति सम्म गिर्न सक्छन् भन्ने चिनका एक पुरुषले देखाएको छ । हामीले कल्पना त के सोच भन्दा पनि परको काम गरेर ति पुरुषले उदाहरण पेश गरेको छ ।
ति पुरुषको यस्तो कर्तुतले बुबा र छोराको सम्बन्ध माथि नै प्रश्न चिन्ह खडा गरि दिएको छ ।
यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।
ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई विक्री गरेको खबर सार्वजानिक भएको छ । यसरी बिक्रि गरेको पैसाले ति पुरुषले नयाँ गर्लफ्रेन्ड लिएर देश घुम्न निस्किेको पत्ता लागेको हो ।
चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार पूर्वपत्नीसँगको ती पुरुषको पत्नीसँग झगडा भएसँगै सम्बन्ध विच्छेदपछि दुईजना बच्चामध्ये छोरीको लालनपालनको जिम्मा
आमाले र छोराको जिम्मा बाबु चाँहिले लिएका थिए । उनले गर्लफ्रेण्डसँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बेचिदिए । ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ ।
काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहरस्थित भाईको घरमा छाडेका थिए ।
गत महिना चाँहि उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के । छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै उनले भाइको घरबाट छोरा लिएर गएका थिए ।
तर उनले छोरालाई त्यहाँबाट लगेर चांग्सु सहरस्थित एक निसन्तान दम्पतीलाई बेचिदिए र त्यसबापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे ।
छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ ।
आमासँग भेट गराउन भन्दै लगेको छोरालाई धेरैदिनसम्म पनि शीले फर्काएर नल्याएपछि र फोन समेत नउठाएपछि शीका भाइलाई शंका लाग्यो र प्रहरीमा खबर गरे ।
























