एजेन्सि –
विश्वकै शक्तिशाली माध्येको एक देश चिनमा एक अनौठो खालको घटना सार्वजानिक भएको छ । चिनमा महिलाहरुले आफ्नो श्रीमानलाई औषधी खुवाई न”पुं”सक बनाउने गरेको
सार्वजानिक भएको हो । चिनका महिलाहरुले पार्टनरले आफूलाई धो”का नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमानलाई औषधी खुवाइरहेका छन् ।
चीनमा ग्लोबल टाइम्सका अनुसार एक लेखमार्फत् केही चिनियाँ श्रीमतीले आफ्ना श्रीमानलाई गोप्य तरिकाले डायगाइलस्टीलबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ ।
जसका कारण उनीहरु नपुंसकताको शिकार हुने गरेको छ । जानकारीमा उल्लेख भए अनुसार यो औषधी एक प्रकारको सिन्थेटिक एस्ट्रोजन हो जसले पुरुषलाई इरेक्सनबाट रोक्ने गर्छ ।
चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् ।
विच्याटमा प्रकाशित एक लेखका अनुसार केही महिलाले अनलाइनमार्फत् औषधी अर्डर गरेको र गोप्य तरिकाले खानामा वा पेय पदार्थमा मिसाएर आफ्ना श्रीमानलाई दिने गरेका छन् ।
यो औषधी खाएपछि केही धोकेबाज श्रीमानले आफ्नी श्रीमतीलाई धोका दिन बन्द गरेको पनि बताइन्छ । लेखमा केही महिलाको प्रतिक्रिया पनि लिइएको छ ।
यसमा एक महिलाले औषधीलाई प्रभावकारी बताएक छिन् । विश्व स्वास्थ्य संगठनले यो औषधीलाई कार्सिनोजनको रुपमा पहिचान गरेको छ ।
एक महिलाले भनिन्, ‘यो औषधी मैले खुवाउन सुरु गरेको दुई हप्तापछि नै असर देखिन सुरु भयो । ’ महिलाले अब उनका श्रीमान् घरमा नै बस्ने र राम्रो व्यवहार गर्ने जानकारी दिइन् ।
यद्यपि, यो लेख सोसल मिडियामा भाइरल भएपछि अनलाइन प्लेटफर्मबाट यो औषधी गायब भयो । पत्रकारले लोकप्रिय अनलाइन प्लेटफर्ममा औषधी निकै खोजे तर पाउन नसकेको बताए ।
नियाक्सिआंग मर्निङ हेराल्डका अनुसार केही स्थानमा अहिले पनि गोप्य रुपमा सेतो पाउडरको रुपमा यो औषधी बेचिँदै छ जुन गन्धहीन छ र तुरुन्त पानीमा घोलिने गर्छ ।
एक पसलेले एक महिनाभित्र सयभन्दा बढी ग्राहकलाई यो औषधी बेचेको दाबी गरे । पसलमा काम गर्नेहरुका अनुसार औषधीले सामान्य रुपमा १५ दिनमा आफ्नो असर देखाउन सुरु गर्छ ।
राहतको कुरा के हो भने यो औषधीको सेवन गर्न बन्द गरेको २१ दिनमा इरेक्सनको क्षमता २१ दिनमा फिर्ता हुन्छ ।
यस्तै चीनका कानूनी विशेषज्ञले यो क्रममा यदि श्रीमानलाई कुनै शारीरिक हानी भएको अवस्थामा यस्ता श्रीमतीले आपराधिक कानूनको सामना गर्न पनि तयार हुनुपर्ने चे’ताव’नी दिएका छन् ।
यस्तै यस्तो प्रकारको औषधी बेच्नेहरुले पनि कारवाहीको सामना गर्नुपर्ने हुन्छ । यहाँसम्म कि उनीहरुको लाइसेन्स सम्बन्धि लाइसेन्स पनि रद्द गर्न सकिन्छ ।
























