परेवा विरुद्ध पुलिसले हाल्यो मु’द्दा….आखिर किन ?

एजेन्सि – भारतको पञ्जाब शहरमा एउटा संंदिग्ध परेवालाई पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।

यस्ता अनौठो घटना घटेको एजेन्सिहरुले जनाएको हो । एजेन्सिका अनुसार भारतको अन्तराष्ट्रिय सिमा रेखामा शंकास्पद अवस्थामा परेवा भेटेको थियो । पञ्जाबको रोरनवाला सीमा सुरक्षा पोष्टमा ड्युटीमा रहेका एक सुरक्षाकर्मीको नजिक आएर सो परेवा उनको काँधमै बस्न पुग्यो ।


काँधमा बसेको उक्त परेवाको खुट्टामा एउटा कागजको टुक्रा बाँधिएको ती सुरक्षाकर्मीले देखे । सो परेवा शंकास्पद लागेपछि उनले तत्कालै त्यसलाई नियन्त्रणमा लिए । परेवा पक्राउ गरेपछि उनले त्यसको सूचना सीमा चौकीका कमान्डरलाई गराए । त्यसपछि सो परेवाका विषयमा अनुसन्धान सुरु भयो ।

परेवाको खुट्टामा बाँधिएको कागज खोलेर हेर्दा त्यसमा एउटा संदिग्ध नम्बर लेखिएको पाइयो । उक्त नम्बर के थियो र किन त्यसलाई परेवाको खुट्टामा बाँधेर पठाइएको थियो रु भन्ने अहिलेसम्म पत्ता लागेको छैन । उक्त परेवा विरुद्ध अमृतसरको कहागढ पुलिस चौकीमा मुद्दा दर्ता गरिएको छ ।

गत अप्रिल १७ को बेलुकी परेवा पक्राउ परेको हो । शंकास्पद परेवा भेटिएको स्थानबाट केवल ५ सय मिटर दूरीमै पाकिस्तानी सीमा चौकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्मरण रहोस् यसअघि गत वर्ष जम्मू कश्मीरको कठुआमा जासूसीका लागि पाकिस्तानबाट पठाइएको दाबी गर्दै एउटा परेवालाई भारतीय सुरक्षाकर्मीले पक्रेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...