एजेन्सी – आर्थिक रुपमा विश्वमा तिब्र गतिमा वृद्धि गरिरहेको चिनमा भिखारीहरु पनि समय क्रमसँगसँगै आधुनिक बन्दै गएको छ । सुन्दा अनौठो लाग्न सक्छ तर देख्द अचम्म लाग्न सक्छ तर चिनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेको छ ।
फेसबुकबाट ताजा समाचार पाउनको लागि यस ग्रुपमाअनिवार्य जोडिनुहोस ।
चिनमा भईरहेको तिव्र विकासका कारण चिनका नागारिकहरु सित्तिमित्ति नगद रकमहरु बोक्दैनन् । उनीहरु नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ । त्यसले भिख मागेर गुजारा चलाउनेहरुलाई असर पार्यो ।
प्रविधिको विकाससँगसँगै नगद बोक्ने कम भएपछि चिनिया भिखारीहरुले दान पाउन छाडेका थिए । जसले गर्दा चिनियाँ भिखारीहरुले भिख पाउन छाडेसँगै उनीहरुको गुजारा चलाउन समेत गाह्रो भएको थिए । त्यहीँ समस्यालाई समाधान गर्नका लागि चिनियाँ भिखारीहरुले भिख माग्नका लागि डिजिटल वालेटको प्रयोग गर्न थालेका छन् । जसका कारण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।
फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअनुसार चीनमा भिखारीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् । त्यस्ता ठाउँमा थुप्रै विदेशी पर्यटक तथा स्थानीय मानिसहरु समेत आउँदछन्, जसले भिखारीहरुलाई डिजिटल माध्यमबाट भिख दिने गरेका छन् ।
चीनका दुईवटा ठूला इवालेट कम्पनीहरुले भिखारीहरुलाई यस काममा सहयोग गरेका छन् । अलि पे र विच्याट वालेटले भिखारीहरुसँग सहकार्य गरेको बताइएको छ ।
भिखारीहरुले जसै क्यूआर कोडको माध्यमबाट दान लिन्छन् तब दाताको विवरणसमेत कम्पनीहरुले प्राप्त गर्दछन् । ती कम्पनीहरुले त्यस्ता डाटालाई विज्ञापनलगायतका लागि प्रयोग गर्ने गर्दछन् ।
स्मरण रहोस् यो वर्षको सुरुमै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई गरिबी मुक्त घोषणा गरेका थिए । चीन गरिबी मुक्त घोषणा गरिएको विश्वकै पहिलो देश पनि हो । चीन सरकारका अनुसार सन् १९७० को दशकयता चीनमा ७७ करोड मानिसले गरिबीबाट मुक्ति पाएका छन् ।
























