भारतिय टिभि सोनीमा प्रसारण हुने चर्चित हसाउने कार्यक्रम द कपिल शर्मा शो टिभि सोहरुको दुनियाका सर्वाधि चर्चित हसाउने सो अन्तर्गत पर्दछन् । यो शोलाई भारतमा मात्रै होईन नेपालका धेरै जनाले पनि मन पराउदै आएको छ ।
यस कार्यक्रममा थुप्रै हास्यकलाकारहरुले हसाउने गर्दछन् । विशेष अतिथिहरु ल्याई मनोरञ्जन दिने कार्यक्रममा विभिन्न क्षेत्रका हस्तिहरु ल्याई मनोरञ्जन दिन यस कार्यक्रममा कलाकारले कति पारिश्रमिक लिन्छन् त भन्ने कुरामा हामी जो कोहि अनविज्ञ नै छौ । आउनुहोस यस विषयमा जानकारी लिऊ :
१.कपिल शर्मा
भारतमा कमेडी किङको रुपमा आफ्नो पहिचान समेत बनाई सकेका कपिल शर्मा यस कार्यक्रमको उदघोषक समेत रहेको छ । उनले यो शोका लागि हाल सम्मको पारिश्रमिकको कुरा गर्दा प्रत्येक एपिसोडको ३० लाखदेखि ३५ लाख भारुसम्म लिने गर्दथे । तर आउँदो सिजनमा कपिल शर्माले पारिश्रमिक बढाइदिएका छन् र रिपोर्टलाई विश्वास गर्ने हो भने उनले हरेक एपिसोडका लागि ५० लाख भारु पाउनेछन् ।

2.अर्चना पूरण सिंह
अर्चना पूरण सिंह कपिल शर्मा शोकी मुख्य आकर्षक हुन् । शोमा उनको स्थान उच्च छ । उनले नवजोत सिंह सिद्धूलाई रिप्लेस गरेकी हुन् । अर्चना पनि बीच–बीचमा आफ्ना प्रशंसकलाई आफ्नो ठट्टाले निकै हसाउँछिन् । उनलाई हरेक एपिसोडका लागि १० लाख भारु दिइन्छ ।

3.कृष्णा अभिषेकः
आफ्नो कमेडी र महिला पात्रको भूमिकामार्फत् धेरैको वाहवाही बटुलेका छन् । उनले ज्याकी श्रोफ, अनिल कपुर र अमिताभ बच्चनजस्ता अभिनेताको मिमिक्री पनि गरेका छन् । कृष्णाले हरेक एपिसोडका लागि १० देखि १२ लाख भारु पारिश्रमिक पाउँछन्

4.किकू शारदाः
किकू शारदाले लामो समयदेखि मानिसहरुलाई हसाउने काम गर्दै आएका छन् । यी कलाकारले यो टिभी शोमा काम गर्नका लागि ५ लाख भारु पाउने गर्छन् । उनी शोमा सबैभन्दा क्रियटिभ क्यारेक्टर्समध्ये गनिन्छन् । उनले बच्चा यादव, बम्परसमेत थुप्रै भूमिका निभाइसकेका छन् ।

5.भारती सिंहः
भारती सिंहको कमेडीको दुनियाँमा निकै ठूलो नाम छ । उनी हरेक शोका लागि १० देखि १२ लाख भारु लिने गर्छिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिइसकेकी छिन् ।

6. सुमोना चक्रवर्तीः
सुमोना चक्रवर्ती ती पात्र हुन् जसलाई कपिल शर्माले सबैभन्दा धेरै मजाक उडाउँछन् । यहि कारण कार्यक्रमलाई महिलावादी विचारधारा भएका मानिसहरुले ट्रोल गर्ने गर्छन् । सुमोनाले यो शोको प्रत्येक एपिसोडका लागि ६–७ लाख पाउने गर्छिन् ।

7.चन्दन प्रभाकरः
शोमा चियो बेचेर सबैलाई हसाउने कला यदि कसैमा छ भने त्यो चन्दन प्रभाकर हुन् । आफ्नै बेइज्जती गराएर वाहवाही पाउने चन्दू सबैका प्रिय हुन् । उनी हरेक एपिसोडका लागि ७ लाख भारु पाउँछन् ।

























