श्रीमातीले भ्यालेन्टाईन डे को दिनको अवसर पारेर दिईन् यस्तो अनौठो गिफ्ट

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस प्रेम गर्नेहरुको लागि एउटा विशेष दिनको रुपमा पनि लिइन्छ । हरेक बर्षको फ्रेबुअरी १४ मा विश्वभर भ्यालेन्टाईन डे हरेक मानिसहरुले आ–आफ्नै तरिकाले मनाउने गरिन्छ । आजको दिनमा आफ्ना प्रेमिकालाई गुलाबका फुल,टेडी बियरजस्ता उपहार दिइरहेको होलान् ।


अमेरिकाको एक ग्लोरिया नाम गरेकी महिलाले आफ्ना श्रीमानलाई अनौठो खालको उपहार दिएकि छिन् । भ्यालेन्टाइन डेको दिन उनका श्रीमानले श्रीमतीबाट गज्जबको उपहार पाउने आशा गरेका थिए होलान् । तर सोचेजस्तो भ्यालेन्टाइन् डे उनले मनाउन पाएनन् ।


ती महिलाले आफ्ना श्रीमानलाई भ्यालेन्टाइन्स डेको मौकामा निकै अचम्मको उपहार दिइन् । खासमा ती महिलाले आफ्ना श्रीमानलाई ती सबै महिलाको तस्बिर प्रिन्ट गरेर उपहारको रुपमा दिइन् जुन फोटोलाई श्रीमानले इन्स्टाग्राममा लाइक गरेका थिए । त्यसपछि महिलाले सोसल मिडियामा भिडियो पनि पोस्ट गरिन् । जुन भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । हाल उक्त भिडियो ५० लाखभन्दा बढीपटक हेरिएको छ ।

डेली मेलमा प्रकाशित एक खबरका अनुसार ग्लोरिया नामकी टिकटक प्रयोगकर्ता अमेरिकामा बस्छिन् । उनले श्रीमानलाई दिएको उपहारको भिडियो पोस्ट गर्दै क्याप्सनमा लेखिन्, ‘तपाईंले श्रीमान्–प्रेमीलाई भ्यालेन्टाइन्स डेको दिन के उपहार दिनुभयो ?’ उक्त भिडियोमा मानिसहरु रमाइला प्रतिक्रिया पनि जनाइरहेका छन्। मानिसहरुले आफू प्रेमी र प्रेमिका बिहिन भएकाले आफू यस्ता दुर्घटनाबाट बच्न सकेको बताएका छन् ।

ग्लोरियाले लेखिन्, ‘जो पनि आफ्ना पार्टनरलाई उपहार दिनेबारे कुरा गरिरहेको छ । म पनि आफ्नो ‘क्यूट लिटल बक्स’ देखाउँछु । ’ सोसल मिडियामा धेरै मानिसहरुले ग्लोरियाको तारिफ गरेका छन् र कतिले त प्रश्न पनि उठाएका छन् ।


एक सोसल मिडिया प्रयोगकर्ताले ग्लोरियाको भिडियोमाथि कमेन्ट गर्दै लेखे, ‘तपाईंले श्रीमानको प्रतिक्रिया पनि पोस्ट गर्नुपर्छ । ’ यस्तै अर्काले लेखेका छन्, ‘यो श्रीमानलाई पक्कै पनि मनपर्यो होला ।’


यस्तै अर्का एक व्यक्तिले कमेन्टमा भने, ‘के एक श्रीमानले अन्य महिलाको तस्बिरमा लाइक गर्न सक्दैन । म एक्लो छु, यसैमा राम्रो छ ।’ पछि ग्लोरियाले श्रीमानको प्रतिक्रियाको भिडियो पनि सेयर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...