विराटनगर – विराटनगरमा धामीको अन्ध”वि’श्वा’समा पर्दा एक परिवारले नगद ५० हजार नगद गु’माउनुको साथै घरधनीको छोरी समेत बे’पत्ता भएको छ ।
पत्रकार सम्मेलनको क्रममा पि’डितको छोरा ध्रुबनारायण माझीले बताएको अनुसार विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले म धामी हुँ भन्दै यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ भनि वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उहाँकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बे’प’त्ता बनाएको हो ।
पत्रकार सम्मेलनको क्रममा माझीले घरको पैसा र बहिनी समेत बे’पत्ता भएपछि प्रहरीमा उ’जु’री दिएको तर सो उजुरी अहिले सम्म पनि सुनवाई नभएको समते बताएको छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदै सम्ममा का’रबा’ही हुनुपर्ने समेत माझीले बताएको हो ।
उनले आफु घरमा नभएको बेलामा आमालाई ललाई फकाई गरी यस्तो गरेको बताएको छ । उनले आफुलाई सम्पत्ति र बहिनि हराएको जानकारी समेत २ दिनपछि मात्रै थाहा पाएको र थाहा पाउने वित्तिकै प्रहरीमा उजुरी दिएको समेत बताएको हो ।
आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उहाँले बताउनुभयो ।
धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ । धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ ।