विश्वको एक मात्र देश जहाँ डिभोर्स गर्नै नपाइने व्यवस्था छ

भनिन्छ नि श्रीमान श्रीमति एक रथको दुई पाङग्रा । नेपाल जस्तो सांस्कृति रुपमा धनि देशमा विवाह गरिसकेपछि सात जुनि सम्म एक अर्काको हो भनि अग्नी साक्षी राखी कसम खान्छन् ।


तर पछिल्लो समय सानो सानो कुरामा पनि श्रीमान श्रीमतिको सम्बन्धहरु छुटिना गएको पाईन्छ । पश्चिमी संस्कृतिको अनुसरणको कारणले गर्दा पनि यस्तो भएको बताउदै आएको छन् ।

विश्वमा भएका विभिन्न देशहरुमा डिभोर्स अर्था पारपाचुके बिषयमा देश अनुसार आ–आफ्नै नियम ,कानुृन र पराम्परा रहेको छ । तर विश्वको कुनै देश यस्तो पनि छन् कि जुन देशमा सम्बन्ध विछेदको लागि नियम नै छैन ।


फिलीपिन्समा विश्वको सम्बन्ध विचछेदको लागि कुनै नियम,कानुनहरु राखिएको छैन अर्थात यस देशका श्रीमान श्रमितिको बिचमा सम्बन्ध विच्छछेदको त्यस्तो कुनै पनि व्यवस्था छैन । क्याथोलिक चर्चका कारण यस देशमा डिभोर्सको कुनै पनि प्रावधान छैन ।

सन् २०१५ मा फिलीपिन्समा पोप फ्रान्सिसले त्यो देशमा गएको बेला धर्मगुरुसँग सम्बन्ध विच्छेदको प्रावधान राख्नका लागि अपिल गरेको थिए तर धर्मगुरुले फिलीपिन्समा सम्बन्ध विच्छेद कैथोलिक हुनु अपमानजनक मानिने भएकाले उक्त कुरालाई स्वीकार नगरिएको हो । उनीहरु विश्वभरमा फिलीपीन्स डिभोर्स नहुने एकमात्र देश बनेकोमा गर्व गर्छन् ।


फिलीपीन्समा डिभोर्सको प्रतिबन्ध केवल ईसाइहरुमा मात्र रहेको छ । त्यहाँ बसोबास गर्दै आएका ७ प्रतिशत इस्लाम समुदाय आफ्नो धार्मीकता अनुसार डिभोर्स गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...