काठमाडौँ— एक जना अमेरिकि अर्वपतिले एक शब्द बिर्सिका कारण उनले ३१ अर्ब रुपैया गुमाएको छ । उनले कम्प्युटर प्रोग्रामरको एउटा शब्द बिर्सिएको हो । न्यूयोक टाईम्सले गरेको खबर संप्रेसनको अनुसार उनले त्यो शब्द सम्झिन सके तत्काले गुमाएको सबै पैसा फिर्ता हुने तर नसकिएमा उनको सबै पैसा स्वाहा हुने बताइएको छ ।
अमेरिकाको सन फ्रान्सिस्कोका स्टिफन थोमसले पासवर्ड बिर्सिएपछि उनको निन्द हराम भएको छ । पासवर्ड विना उनले डिजिटल पर्स खोल्न असक्षम भईरहेका थोमसले पासवर्ड सम्झिना सके उनी अर्बपति बन्नेछ र हाल गुमाईरहेको उनको ३१ अर्ब रुपैया फिर्ता पाउने न्योर्क टाईम्सले लेखेको हो ।
स्टिफनले वर्षौं पहिले क्रिप्टोकरेन्सी बिटक्वाइन किनेका थिए । यो बिटक्वाइन उनको डिजिटल वालेटमा छ जसको पासवर्ड उनले बिर्सिएका छन् । अहिले १ बिटक्वाइनको मूल्य ३७ हजार ५३० डलर छ । उनको डिजिटल वालेटमा कूल ७ हजार २ बिटक्वाइन छ जसको मूल्य करिब २६ करोड २८ लाख डलर हुन आउँछ ।
यसको नेपाली मुद्रा करिब ३१ अर्ब रुपैयाँ हुन आउँछ । स्टिफनले किन्दा बिटक्वाइनको मूल्य यति धेरै थिएन तर अहिलेसम्म यसको मूल्य अरबौं पुगेको छ । स्टिफनले बिटक्वाइन किनेर आइरनको पासवर्ड एउटा कागजमा लेखेर राखेका थिए । कुनै समय बिटक्वाइनको मूल्य धराशायी भएको थियो त्यसैले स्टिफनलाई यसप्रति चासो रहेन । कागज पनि हरायो ।
आइरन नामको सानो हार्ड ड्राइभ खोल्न चाहिने पासवर्ड स्टिफनले बिर्सिइसकेका छन् । आइरनभित्र अर्को एउटा डिजिटल साँचो छ जसलाई प्राइभेट की भनिन्छ । यो प्राइभेट कीले मात्र उनको डिजिटल पर्स खोल्न सकिन्छ जसमा बिटक्वाइन राखिएको छ । हाल उनको अर्वौ रकम संख्यामा मात्रा सिमित रहन पुगेको छ किनकी उसले यसको प्रयोग गर्न सकिरहेको छैन ।
बिटक्वाईनको मुल्या आकाशियसँगै स्टिफनलाई आफ्नो डिजिटल धन याद आयो तर पासवर्ड बिर्सिएको हुदा उनले त्यसलाई हासिल गर्न सकिरहेको छैन । उनलाई समस्या यसकारण पनि छन् कि उनले १० पटक मात्रै पासवर्ड प्रयोग गर्न सक्छन् । हर समय उनले पासवर्ड सझिने प्रयास गर्दै ८ चोटि आईरन खोल्न प्रयास गरे तर उनी सफल हुन सकिरहेको छैन ।
अब उनले २ पटक मात्रै गलत पासवर्ड राखेर आईरन खोल्न प्रयास मात्रै गरेपनि उनको वालेट सदाको लागि बन्द हुनेछ । अब उनीसँग मात्रा २ चोटि मौका बाँकी छ । अब उनले २ पटक गलत पासवर्ड राखेर वालेट खोल्ने प्रयास गरे भने उनको पैसा कहिल्यै फर्किन नसक्ने गरी स्वाहा हुनेछ । बिटक्वाइनको कुनै नियामक संख्या छैन ।
न कुनै कम्पनीको नियन्त्रण छ । यो मुद्रा बनाउने व्यक्तिको नाम सातोसी नाकामोतो भनिन्छ तर उनी को हुन् र उनको वास्तविक नाम यही हो वा होइन भन्ने पनि कसैलाई थाहा छैन ।
























