एजेन्सी – रुसमा एक अचम्मको घटना घटेको छ । रुसका एक चर्चित ब्लगर मारिना बाल्मासेभाले आफ्ना साौतेनी छोराको सन्तालाई जन्म दिदै खबर निकै भाईरल भईरहेको छ । तौल घटाउने बिषयमा धेरैलाई प्रोत्साहन गर्दै आएका ति महिला आफ्ना श्रीमानलाई छाडेर सौतेनी छोरासँग प्रेम सम्बन्धमा रहदै यस्तो आफ्नो निजि हर्कतका कारण सामाजिक सञ्जालमा ५ लाख भन्दा बडि फलोअर्स भएको निकै चर्चित ब्लगर अहिले निकै चर्चा र घृणाको पात्र बनेकी छिन् ।
बाल्मासेभा हाल ३५ बर्षको रहेको छ भने उनका पहिलेको श्रीमान ४५ बर्ष पुगेको छ । विश्वविद्यालयको छुट्टीमा घर आएका बेला बाल्मासेभा र उनको २१ बर्षिय सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् । यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो ।
त्यसयता, भोभा र बाल्मासेभाले विवाह गरे । भोभाका बाबु एलेक्सी सेभिरिनले बाल्मासेभासँग डिभोर्स गरिसकेका छन् । आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँखा लगाएको र भड्काएको बाबु सेभिरिनले बताए ।
‘मेरो छोरालाई उनले भड्काइन् । म घरमै भएका बेला पनि रासलिला गर्न उनीहरुलाई लाज भएन । यदी, मेरो छोराबाहेक अन्यसँग मोजमस्ती गरेको भए मैले सायद उनलाई माफी दिने थिएँ,’ बाबु सेभिरिनले भने ।
बाल्मासेभाको उमेर जति बेला २२ बर्षकी थिईन । त्यतिबेला उनका सौतेनी छोरा मात्रा सात बर्षको थियो । सोहि समय देखि नै आफ्ना सौतेनी छोराको निलो आँखाबाट प्रभावित भएको उनले बताइएकी छिन् । उनले हालको श्रीमान सौतेनी छोराको अगाडि आकर्षण देखिनको लागि प्लास्टिक सर्जरी समेत गरेको बताइएकी छिन् । ‘यद्यपी, यहाँ एउटा के कुरा महत्वपूर्ण छ भने उनी मेरो दाग सहितको अनुहारलाई देखेरै नै प्रेममा परेका हुन्,’ उनले भनिन् ।
आफुले परिवारलाई तहसनहस गरेकोमा उनलाई केही पश्चाताप पनि छ । ‘मलाई यो कुरामा खेद लागेको थियो कि मैले आमा र बाबुको स्थायीत्वलाई मारें,’ उनले भनिन् ।
यद्यपी, आफ्ना पूर्व श्रीमान्सँग नफर्कने उनले बताइन् । पूर्व श्रीमान्प्रति कुनै आक्रोश वा घृणा पनि बाँकी नरहेको उनले बताइन् । मारियाले भोभाका बाबुसँग बिहे गरेपछि कुनै समय उनीसँग मिलेर पाँचजना बालबालिकालाई आश्रय दिएकी थिइन् ।
























