दिनमा एक पटकभन्दा बढी ट्वाइलेट गए जरिमाना लाग्ने संसारकै अनौठो कम्पनी

एजेन्सी – सामान्यतय हामीले सोचौ त दिनमा हामी कति पटक टयाइलेट जान्छौ । हामी भन्न सक्छौ दिनमा ५,६ चोटि आवश्यकता अनुसार जान्छौ ।

चिनमा यस्तो काम गर्ने अफिस छ कि जहाँ तपाईलाई ट्वाईलेट जानको लागि दिनमा मात्रा १ चोटि मात्रै पाईन्छ । सो भन्दा धेरै पटक अनुमति पाईदैन । सोच्नुहोस त तपाईको हालत के हुन्छ ?

कुनै पनि कर्मचारी दिनमा १ चोटि मात्रै ट्वाइलेट जाना दिने नियम संसारम विरालै नहोला तर चिनियाँ एक कम्पनीले भने आफ्ना अफिसमा कार्यरत कर्मचारी दिनमा एक पटक

भन्दा धेरै पाटक ट्वाइलेट जानलाई बन्देज लगाइएको छ । यदि कुनै पनि कर्मचारीले उक्त नियम नमानेको खण्डमा स’जय भोग्नु पर्नेै नियम रहेको छ ।

हामीले कल्पना गरेको भन्दा भिन्न अमानविय लाग्ने नियम बनाउने कम्पनीको नाम हो अम्पु इलेक्ट्रोनिक्स साईन्स एण्ड टेक्नोलोजी ।

अनौठो नीतिको प्रतिरक्षा गर्दै कम्पनीले कर्मचारीहरुको अल्छिपना भगाउन र कार्यकुशलता सुधार्नका लागि पटक पटक ट्वाइलेट जाने प्रवृत्तिमा लगाम लगाउने नियम लागू गरिएको उक्त कम्पनीले बताएको छ । जनाएको छ ।

ट्वाइलेट जाने बहानामा समय कटाउने कामचोर कर्मचारीलाई लगाम लगाउन यस्तो नियम बनाइएको कम्पनीले बताइएको छ । यति

सो नियमलाई नमानि पटक पटक ट्वाइलेट गएमा त्यो कर्मचारीले हरेक पटकको लागि २० चिनियाँ युआन जरिमाना तिर्नु पर्दछ ।

गत डिसेम्बर २० र २१ मा गरी ७ जना कर्मचारीले बढी पटक ट्वाइलेट गएवापत जरिमाना तिरेका थिए ।

कम्पनीको यस्तो कठोर तथा अमानवीय नियमको बारेमा व्यापक चर्चा भएसँगै स्थानीय प्रशासनको ध्यान आकृष्ट भएको छ । स्थानीय प्रशासनले उक्त मामिलाको छानबिन सुरु गरेको बताइएको छ ।

प्रशानले त्यस्तो नियम खारेज गर्न र जरिमाना असुल गरिएका कर्मचारीहरुको रकम फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको छ ।

तर कम्पनीका अधिकारीले भने पिसाब फेर्न गएवापत लिइने जरिमाना कर्मचारीबाट नगद असुल नगरिने र कर्मचारीले प्राप्त गर्ने बोनसबाट कट्टी गरिने बताएका छन् ।

कतिपय कर्मचारीहरु पटक९पटक ट्वाइलेटमा गएर चुरोट पिउने र काममा ढिलाइ गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न त्यस्तो नियम लागू गर्नुपरेको कम्पनीको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...