वीरगञ्ज – विरगञ्जमा आमाले आफ्नै छोरीको ह’त्या गरि ज’ला’एको घटना सार्वजानिक भएको छ । करिव दुई महिना पछि उक्त घटना बाहिर आाएको हो । पर्साको बहुदरमाई नगरपालिका ८ राजगरीमा लक्ष्मी पुजाको दिन कर्तिक २९ गते आ’गाला’गी भएको र सो आ’गोला’गीमा परि मनबोध साह तेलीकी १५ बर्षिय छोरी कुमारीको मृ’त्यु भएको प्रहरीको भनाईलाई उदृत गर्दै सञ्चार माध्यमहरुले समाचार प्रकाशन प्रसारण गरेको थियो ।
सुरुमा प्रहरीलाई घरमा आ’गला’गी भयो भनेर जानकारी गराएको थियो । आगोलाई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाएपछि भित्र माना कुमारीको श’व भेटिएको थियो । माना निदाएकै अवस्थामा ज’लेर म’रेको भनि परिवार जनले प्रहरीलाई भनेनको थियो ।
घटनामा भेटिएको श’वको प्रकृति हेर्दा शं’का’स्पद लाग्न थालेपछि प्रहरीले त्यो घटनालाई त्यही ब’न्द गरेनन र अन्तत प्रहरी अधिकृतले घटनाको अनुसन्धान अगाडि बडायो ।
ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी प्रमुख निरिक्षक दिपक थापाका अनुसार घटना शं’कास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको बताएको छ । सुरुमा घर भित्र मानिस छ भनेर कसैले नभनेको हुदा आगो निमाउन मात्रै केन्द्रित भएको र पछि शव घर भित्र भेटियो भन्ने खबर आयो थापा भन्छन् ।
घटनास्थल पुगेर हेर्दा तल खटमात्रै जलेको देखिएको तर खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिएको हुदा घटना सं’कास्पद लागि अनुसन्धान अगाडि बडाएके प्रहरी निरीक्षक थापाले बताएका हुन् ।
आमा लालमती देवी छोरीसँग सुत्ने गरेक सकुशल र सँगै सुत्ने छोरी चै मृत भेटिएपछि छोरीको कसैले उद्धार नगरेको देखिएको र घटनाको अनुसन्धान गर्दै जादा तल्लो जातको केटासँग लागेकी भन्दै आफ्नै छोरीको हत्या गरेको रहस्य बाहिर आएको हो ।
मृ’त’ककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।
लालमती देवीलाई प’क्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको ह’त्या गरेको स्वीकार गरिन् । लालमतीका श्रीमान मनाबोध फ’रार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले प’क्रा’उ पु’र्जी जारी गरिसकेको छ ।
लालमती देवी वि’रु’द्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि का’रागा’रमा छिन् ।
लक्ष्मी पूजापछि छोरीलाई जलाइन्
माना कुमारी रामनगरीकै एउटा बोर्डिङमा कक्षा ९ मा पढ्थिन् । उनलाई सोही बोर्डिङमा पढाउने शिक्षक रामबाबु चमारले होम ट्युसन पढाउने गर्दथे । घरमा दुहुना भैंसी पालेकोले छिमेकी काका पर्ने नगिना साह मानाको घरमा दिनहुँ दूध लिन आउँथे ।
केही दिनदेखि माना कुमारी कसैलाई थाहा नदिई रातिको समयमा घरबाट सुटुक्क निस्किन थालेकी थिइन् । आमा लालमती देवीलाई यो कुरा थाहा पाइन् । उनलाई छोरीको गतिविधि मन परिरहेको थिएन । नगिना र शिक्षक रामबाबुको छोरीसँग केही न केही सम्बन्ध छ भन्ने शङ्का उनलाई थियो । त्यसैले उनीहरु घरमा आएको पनि मन पर्न छोडेको थियो लालमतीलाई ।
लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सुत्न ओछ्यानतिर गएका थिए । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मा’रिदिनुपर्छ भनेर सल्लाह गरे । त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् ।
छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् । त्यसपछि आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको आमा लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् ।
बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा छोरालाई लिएर भागिहाल् भनेर गाली गरेको र नगिना साह आएर आगो निभाउन खोज्दा बाँसको भाटाले टाउकोमा हानेर आगो निभाउन नदिएको लालमतीले बताएकी छन् । पछि छिमेकीअरु जम्मा भएर आगो निभाएका थिए ।
पहिला विष खुवाएर मारेको हो वा सीधै जलाएको हो भन्नेबारे प्रहरी अनुसन्धानले स्पष्ट पार्न सकेको छैन । पोष्टमार्टम गर्दा भिसेरा निकालेर परीक्षण गर्नुपर्नेमा चिकित्सकले त्यसो नगरेका कारण अनुसन्धान कमजोर बनेको प्रहरी स्रोतले जनाएको छ । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरु पनि फरार रहेकाले उनीहरुको खोजी जारी छ ।
























