एजेन्सी- पिता र छोरीको सम्बन्ध कस्तो हुन्छ ? हामी सामान्यतय आकलन गर्न सक्छौ मयादायुक्त । आज सम्म हामीले यो सुनेको छैनौ कि कुनै पनि छोरीले आफ्नो बाबुको सन्तान जन्माउछन् भनेर । हामीले यो कुराको कल्पना समेत गरीरहेको समेत हुदैनन् । तर बेलायतमा भने छोरीले बाबुको शुक्रकिटबाट सन्तान जन्माइएको छ ।
बेलायतमा २५ बर्ष पुगेकी होली नाम गरेकी ति अविवाहित महिलाले सरोगेट मदर अर्थात भाडाको कोख दिएर आफ्नो सौतेलो बुवाको लागि बच्चा जन्माइदिएकी हुन् ।
होली नाम गरेकी ति अविवाहित महिलाको आमाले एक पुरुषसँग विहे गरेकी थिईन् । जसको नाम थियो एन्ड्रयू । आमाले ति पुरुषसँग विहे गरेपछि उनले ति नयाँ पतिबाट सन्तान जन्माउन चाहना गरेकी र परिवार नियोजन गरेका कारउन उनी ति नयाँ पतिबाट सन्तान जन्माउन असमर्थ थिईन् । उनीहरुले नयाँ सन्तानको लागि कृक्रि गर्भाधान समेत गरेकी तर त्यो पनि सफल भएको थिएन ।
यसरी कृत्रिम गर्भधान समेत सफल नभएपछि होलीले आफ्नो आमाको खुसीको लागि सेरोगेट मदर बन्ने निर्णय गरेकी थिईन सो अनुरुप होलीले आफ्नो सौतेनी पिताको शुक्रकिटसँग डिम्बको मलन गराई भु्रण तयार पारी बच्चा जन्माइ दिएकी थिईन ।
आमाका लागि स्वस्थ छोरी जन्माइ दिएपछि उनले त्यो बच्चा आमालाई सुम्पिएकी छिन् । सुरुमा त परिवारले त्यस प्रकारले जन्मिएको बच्चा ग्रहण गर्न अनकनाए । तर कुरा बुझाएसँगै बच्चीलाई अपनाउन सबै राजी भए ।
आफैंले जन्माइ दिएको आफ्नो आमा तथा सौतेलो बुवाको छोरीलाई आफूले बहिनी मानेर माया गर्ने होली बताउँछिन् ।
























