काठमाडौं- पछिल्लो समय धेरै प्रयोग कर्ताको मनमा बस्न सफल टिकटक छोटो भिडियोका लागि विश्व प्रसिद्ध एप हो । हालसालै संसारमा सर्वाधिक डाउनलाोड हुने एपमा टिकटकले आफ्नो पहिलो स्थान कब्जा जमाएको थियो ।
करिब २ बर्ष अघि टिकटकबाट चिनेकी एक नेपाली १६ बर्षिय युवती एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ ।
उनी सामाजिक सञ्जालमा सक्रिय रहने गरेको र त्यही कारणले ती भारतिय युवकले प्रभाव पारेको बताइएको छ । गत नोभेम्बर महिना ती युवकले किशोरीलाई फोन गरेर विवाहका लागि मध्यप्रदेश आउन आग्रह गरेका थिए भारतीय प्रहरीका अनुसार ती युवकले किशोरी विवाह गर्न नआए आत्महत्या गर्ने बताएका थिए ।
उनी विभिन्न रेल र बस चढेर १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् त्यहाँ पुगेकी थिइन् । किशोरीकी आमा वेदैशिक रोजगारीमा छिन् र उनी बाबु र परिवारका सदस्यहरुसँग काठमाडौं बस्ने गर्थिन् । किशोरीका बाबु आमाले उनीहरुको सम्बन्धको बारेमा केही महिनाअघि थाहा पाएका थिए र किशोरीलाई भारत जानबाट रोक्ने प्रयास गरेका थिए ।
ती युवतीको मोवाइलमार्फत उनको लोकेसन र फेसबुक गतिविधिलाई नेपालको काठमाँडौमा रहेको भारतीय दुतावास र भारतको नयाँदिल्लीमा रहेको नेपाली दुतासासले नजिकबाट नियालेका थिए ।
उनलाई सिहोर प्रहरीले उद्धार गरेको थियो । किशोरीलाई उद्धार गर्न नेपाली दूतावास नयाँ दिल्लीका अधिकारीहरु सहित किशोरीकी आमा त्यहाँ पुगेकी थिइन् । युवतीलाई बिहे गर्ने भन्दै बोलाउने महेश सिलोरियालाई पनि प्रहरीले मानव बेचविखनको आरोपमा पक्राउ गरेको छ । तर सिलोरियाले ति युवतीलाई बेचविखनका लागि होकि बिहे नै गर्न बोलाएको अझ सम्म पनि एकीन नभएको प्रहरीले जनाएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले दूतावासको पहलमा किशोरीको उद्धार गरेको पुष्टि गर्दै आमा र छोरीलाई नेपाल फर्किनाको लागि डकुमेन्ट बनाउने काम भएको रभोलिको उडानबाट उहाँहरु काठमाडौं फर्कने कार्यक्रम रहेको सुवेदीले बताएका छन् । अनलाईन खबरका आधारमा तयार गरिएको हो ।
























