एजेन्सि-अमेरिकाको ओहियो राज्यको क्लेभल्याण्डस्थित नाइट टाउन रेष्टुरेन्टमा एक व्यक्तिले आफुले खर्च गरेको ७ युरो २ सेन्ट बिलमा उनले ३ हजार टिप थप गरेर कूल ३ हजार ७ युरो २ सेन्ट रकम क्रेडिट कार्डबाट भुक्तान गरेसँगै उनको नाम निकै भाईरल भइरहेका छन् ।
उनले उक्त टिपको रकम रेष्टुरेन्टका सबै कर्मचारीले बाँडेर लिन आग्रह गरेर रेष्टुरेन्टबाट निस्केक थिए । ती मानिसले आफ्नो नाम खुलाउन चाहेनन् । त्यसैले रेष्टुरेन्ट मालिकले ती व्यक्तिले भुक्तान गरेको बिल तथा दिएको टिप उल्लेखित कागज मात्र सोसल मिडियामा सार्वजनिक गरेका छन् ।
कोभिड–१९ का कारण उक्त रेष्टुरेन्ट अस्थायी रुपमा बन्द गर्ने योजना बनाइरहेका थिए तर रेष्टुरेन्ट बन्द गर्न लागेको अन्तिम दिनमै ती ग्राहकले अविश्वसनीय रुपमा ३ हजार टिप दिएका हुन् ।
सुरुमा ३ हजार टिप सहित भुक्तानी गरेको बिल देख्दा रेष्टुरेन्ट मालिक रिङ्गले पत्यार गर्नै सकेका थिएनन् उनले ति ग्राहकले कतै भुलबस त्यसो पो गरे कि भनेर उनी दौडिएर उनी भएको टेबुलमा पुगे । तर ती दानी ग्राहकले चाहिँ आफूले राजीखुसीले उक्त टिप दिएको भनेका थिए । रेष्टुरेन्ट पुनः खुलेपछि आफू भविष्यमा पनि आउने समेत बताएका थिए ।
रेष्टुरेन्ट मालिकले दानी ग्राहकको दयालुपनको तारिफ गर्दै फेसबुकमा लेखेका छन्, ‘यो अविश्वसनीय हो तर हामीले पछिल्ला वर्षहरुमा नाइट टाउनमा गुणकारी मानिसहरुसँग संगत गरेका छौँ भन्ने कुराको सूचक पनि हो ।
ग्राहकले आफ्नो नाम नखुलाउने इच्छा जाहेर गरेको हुँदा आफूले उनको नाम सार्वजनिक नगरेको भन्दै रेष्टुरेन्ट मालिकले उनको महान भावनाप्रति आफूहरु सबैजना कृतज्ञ रहेको बताएका छन् ।
























