एजेन्सी–भारतमा एक ईञ्जिनियरलाई प्र*हरीले पक्रा*उ गरेको छ । ५० बच्चालाई यौ*न दुर्व्यवहार गरेको आरोपमा भारतको उत्तर प्रदेशको सिँचाइ विभागमा काम गर्दै आएका जुनियर इन्जिनियर प*क्राउ परेका हो । बच्चालाई यौ*न उत्पीडन गर्नुको साथै बालिकाहरुको भिडियो बनाएको र तस्बिर बेचेको आरोपमा सिबीआईले उनलाई प*क्राउ गरेको समाचार संस्था पिटीआईले भनेको छ ।
अनलाइनमा यौ*न उत्पी*डन गर्नेहरुमाथि निगरानी गर्न गठन गरेको निकायको स्पेसल युनिटले ती इन्जिनियर माथि केही समय देखि निगरानी गरिरहेको थियो। अधिकारीहरुका अनुसार ती पक्रा*उ परेका इञ्जिनियले १० वर्षका समय अवधिमा ५ देखि १६ वर्ष सम्मका करिब ५० बच्चाहरुलाई यौ*न दुव्र्य*हारको शिकार बनाइसकेको थियो। ती बालबालिकाहरु उत्तर प्रदेशका विभिन्न जिल्लाका भएको बताइएको थियो।
ती इन्जिनियरले बच्चाले आफ्नो बारेमा कतै गुनासो नगरुन् भनेर नगद, मोबाइल फोनजस्ता उपहार समेत दिने गरेका थिए। पीडक उत्तर प्रदेशको चित्रकुट जिल्लाको भएको बताइएको छ। उनको साथबाट करिब ८ लाख नगद, मोबाइल वेब क्यामेरा, पेन ड्राइभ, मेमोरी कार्ड, यौ*न खेलौनाहरु समेत बरामद गरिएको छ।























