बिवाह गर्दै नायिका रेखा थापा, को हुन् उनका हुनेवाला दुलाह ? (भिडियो सहित)

काठमाडौं –

रेखा थापा नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका हुन्। फिल्म निर्देशक पनि बनिसकेकी रेखा अहिले एक्लै छिन्। निर्माता छविराज ओझासँग सम्बन्ध वि च्छे द भएपछि उनले विवाह गरेकी छैनन्।

विवाहबारे उनलाई हरेक कार्यक्रममा प्रश्न गरिन्छ। उनी मिलाएर जवाफ पनि दिन्छिन्।आफन्तसँग भेट हुँँदा होस् वा मिडियामा अन्तर्वार्ता दिँदा नै किन नहोस्, उनलाई विवाहको प्रश्न अनिवार्य आउँछ ।

अचेल भने उनले चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएकी छन् । हालै पत्रकार राज श्रेष्ठसँग टेलिभिजन अन्तर्वार्तामा रेखाले २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी छन् ।

अहिले आफू केटाको खोजीमा रहेको उनको भनाई छ । इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेकी उनी आफ्नो लभ र एरेन्ज दुवै हुन सक्ने बताउँछिन् ।

अभिनेत्री थापाले अहिले आफू केटाको खोजीमा रहेको बताउँदै फिल्म इन्डस्ट्री भन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजना रहेको बताइन् । त्यस्तै उनले आफ्नो लभ र एरेञ्ज दुवै हुनसक्ने बताएकी छन् ।

आगामी वर्ष विवाहको योजना बनाएकी रेखाले केटा भने खोजिरहेको बताएकी छिन्। उनले आफ्नो लभ र एरेन्ज जे पनि हुन सक्ने उल्लेख गरेकी छिन्।

रेखाले आफूले आफ्नो हुनेवाला श्रीमान आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने चाहाना राखेकी छन्। घरजम गर्ने सुरमा रहेकी रेखाले तामझामका साथ विवाह नगर्ने बताएकी छिन्।

आफ्नो हुनेवाला श्रीमान पजि आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने अभिनेत्री थापाको चाहना रहेको छ । उनले अन्य अभिनेत्रीहरुले जस्तो तामझामसँग विवाह नगर्ने जानकारी दिदै

भनेकी छन्, ‘म यो देशको साधारण मानिस हुँ । मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै विहे गर्दिनु पर्छ भनेर दुः ख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन ।’

भेट्रान निर्माता छविराज ओझासँग छुट्टिएपछि विगत एक दशकदेखि अभिनेत्री थापाले एकल जीवन विताउँदै आएकी छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री थापाले नेपाली कलाकारिता क्षेत्रमा कोही पनि महान नभएको उल्लेख गर्दै महानायक, महानायिका लगायतका उपाधि दिन हतार गरिएको बताइन् । नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिइने ट्याग नसुहाउने उनको दाबी छ ।

नेपालमा कुनै क्षेत्रमा कुनै व्यक्तिले आजसम्म महान कार्य नगरेको र नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिने ट्याग नसुहाउने पनि उनको तर्क छ । यस्ता ट्याग लिने र दिने दुवैलाई लाज हुनुपर्ने उनी बताउँछिन् ।

‘फिल्म बनाएर मैले केही परिवर्तन गर्ने कोशिश गरेँ भन्दैमा मलाई महान नबनाइदिनुस् । म महान होइन । मेरो महानता देखाउने अझै धेरै सिरिजहरु बाँकी छन्,’ उनले भनिन् ।

बाँकी कुरा अन्तर्वार्तामा हेर्नुहोस्…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...