मनोज गजुरेलको पूर्वपत्नी मिना ढकाल पक्राउ, यस्तो छ कारण !

काठमाडौँ – हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

केही युवाहरू लिएर भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मीना दलबलसहित बालकोट पुग्दा उनका पूर्वपति मनोज भने घरमा थिएनन् । उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजको घरमा चाबी लगाएर बाहिरिँदै गरेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएका थिए । त्यसपछि तत्कालै पुगेको प्रहरीले मीनालाई हिरासतमा लिएको हो ।

मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । उनले अहिले अर्को बिहे समेत गरिसकेका छन् ।

तर मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गरिरहेपछि साइबर क्राइमसम्बन्धी उजुरी परेको थियो । उजुरी परिसक्दा पनि मीना आइतबार दलबलसहित मनोजको घरमा ताला लगाउन जाँदा समातिएकी हुन् ।

गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...