ओलीसँग मन्त्री पद मागेका कालीबहादुर खामले माओवादीमा मारे यस्तो ठुलो बाजी !

काठमाडौं –

नेकपा माओवादी केन्द्रले पूर्व जनमु’क्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खामले माओवादीमा बा’जी मारेका छन् । उनलाई राष्ट्रिय सुरक्षा विभागको सदस्य बनाइएको हो ।

ज्यान मु द्दा लागेर खाम फ रा र सूचीमा छन्। खामले पुस ५ मा प्रतिनिधिसभा वि घ ट न पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए।

चितवनको शक्तिखोर शिविरमा मा रि ए का भनिएका व्यापारी रामहरि श्रेष्ठको ह त्या अन्तर्गत ‘फ रा र’ रहेका खाममाथि अरू पनि मु द्दा पनि लागेका थिए। रामहरि प्रकरण हुँदा उनी शक्ति शिविरको डिभिजन कमाण्डर थिए।

उनी वि रु द्ध सरकारी छाप दस्तखत कि र्ते, चो री-ड कै ती र हातहतियार-खरखजनासम्बन्धी मु द्दा पनि छन्। रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ।

तत्कालीन माओवादीको तेस्रो डिभिजन कमाण्डर खामलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको ह त्या गरेको आ रो प लागेको छ। उनी १२ वर्षदेखि फ रा र छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुस ५ गते प्रतिनिधि सभा वि घ ट न गरेपछि खामलाई बालुवाटारमै बोलाएर दुईपटक भेट गरेका थिए।

ओलीलाई भेट्न दोस्रो पटक बालुवाटार जाँदा भने खामले पूर्वडिभिजन कमान्डर धनबहादुर मास्की र अन्य तीन कमाण्डरलाई पनि सँगै लगेका थिए।

२०७७ पुसको दोस्रो हप्ता बालुवाटारमा भेट भएको थियो। त्यसबेला खामले प्रधानमन्त्री ओलीको पक्षमा लाग्नुपर्ने भए आफूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका समाचार सार्वजनिक भएको थियो।

तर, खामलाई माओवादी केन्द्रले सुरक्षा विभागको सदस्य बनाएको हो। सुरक्षा विभागको प्रमुखमा प्रवक्ता समेत रहेका कृष्णबहादुर महरा छन्।

यस्तै उपप्रमुखमा पूर्व डिभिजन कमाण्डर सन्तबहादुर दरै छन्। यसैगरी विभागको सदस्यहरुमा पूर्व डिभिजन कमाण्डर, भिसी, व्रिगेड कमाण्डरहरु समेटिएका छन्।

महेन्द्रबहादुर शाही, धनबहादुर मास्के, तेजबहादुर ओली, सुकबहादुर रोका लगायतका पूर्व जनमुक्ति सेनाका उच्चपदस्थ कमाण्डरहरु छन्। खामलाई विभागको ७ नम्बर सदस्यमा राखिएको छ।

अध्यक्ष प्रचण्डले ३२ वटा विभाग गठन गरेका छन्। त्यही विभागको सदस्यहरुको नाम समेत बुधबार सबैतिर पठाइएको छ।

यो पनि : एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्रको पक्षमा बोलेका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताए ।

लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’

अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्र’मपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे । ‘ आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।

‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ?’ ओलीले भने, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रातताप होला केही साथीहरुलाई । त्यस राततापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या ।’

ओलीले यस्तो रापताप अलि समयपछि सेलाउने पनि टिप्पणी गरे । लिङ्देन मंसिर १९ गते राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए ।

यो पनि : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनमा सम्बोधन गर्दै दाहालले नेपाली नेताहरूले एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाउने गरेको बताएका छन् ।

त्यसअघि भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएका थिए । हर्ष वर्द्धनलाई जवाफ दिँदै दाहालले भने, ‘उहाँलाई यो थाहा छैन कि यी पूर्वप्रधानमन्त्रीहरू एकले अर्कालाई बनाएका हुन् ।

यो हाम्रो संस्कृति हो । हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं । यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई भन्न चाहेको थिए ।’

त्यस्तै दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा जाँदा चोर आएको भन्छन् भनेर दिएको अभिव्यक्तिको पनि जवाफ दिएका छन् । उनले नेताहरू गाउँघर जाँदा चोर भन्छन् भन्ने कुरा झूट भएको बताए ।

उनले भने, ‘यहाँ विचार प्रस्तुत हुने क्रममा एकजना वक्ताले नेताहरू आए भने गाउँघरमा चोर आए भन्छन् भनेको सनुन्नुभयो । होइन गलत हो । यो के को निम्ति भनियो ?

जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रको निम्ती शान्तिको निम्ति संघर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बद्नाम गर्न खोजिन्छ ।

त्यो निरंकुशता र ता’नाशाही जन्माउने षडय’न्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ ता’नाशा’ही त्यसरी ने आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...