तनहुँ –
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका सिलसिलमा कोही लु टि ने र ठ गि ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “क्षमता अनुरूप जुनसुकै जिल्लाका नागरिक विदेश जान सक्छन् ।
विदेश जाने नाउँमा लु टि ने र ठ गि ने कार्यलाई निरुत्साहित गरेछु , उन्मुक्ति दिइने छैन । ठ गलाई तह लगाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” म मन्त्री रहुन्जेल यस्तो हुँदैन ।
श्रमजीवि र विदेशमा जाने श्रमिकको पक्षमा आफूले वकालत गर्दै आएको बताउँदै उहाँले नेपालबाट ९७ प्रतिशत युवायुवती बिना सीप वैदेशिक रोजगारीमा जाने गरेकाले त्यसो नगर्न आग्रह गर्नुभयो ।
विदेशमा जाने युवाका लागि अहिले सातवटै प्रदेशमा सीपमूलक तालिम केन्द्र खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । मङ्सिर २४ गतेदेखि पुस ३ गतेसम्म व्यासनगरपालिका–५ बेनीपाटनमा महोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका मूल संयोजक विदेश पवन चुमी थापा मगरले जानकारी दिनुभयो । करिब रु ५५ लाखको कारोबार हुने र रु ४८ लाख खर्च कटाएर रु सात लाख मुनाफा गर्ने अपेक्षा गरिएको छ ।
यो पनि : राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर पुगेको जिकिर गरेका छन् ।
उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालत जस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइ सकेको बताए।
शुक्रबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्नेक्रममा नेता लिङ्देनले राजसंस्थालाई राष्ट्र प्रमुख बनाउनुपर्ने प्रस्ताव समेत गरे।
उनले भने, ‘अब देशको राष्ट्र प्रमुखमा रुपमा राजालाई कायम गरौँ। जनताले सोझै प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्रीमा जाऊँ’, उनले भने, ‘पूर्ण समानुपातिक संसदीय प्रणाली अपनाऊँ। सांसदले मन्त्री हुन नपाउने व्यवस्था गरौँ’।
देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिक बाहिर गएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए। ‘सरकार सरकार जस्तो छैन।
सरकार सरकार जस्तो छैन। संसद संसद जसंतो छैन। अदालत अदालत जस्तो छैन। यसलाई ठिक लगाउने कसले? नेताले। तर आज नेताले पूर्ण विश्वास गुमाएको अवस्था छ,’ उनले नेताहरूले इमान्दारिता कायम गर्न नसकेको बताएका थिए।
‘मेरो गाउँको भाषामा पार्टीका नेता बोलाउदा कुन चाँहि चोर आएछ भन्छन्। हाम्रो अवस्था त्यो छ। नेतृत्व चयन गर्ने मात्रै नभएर हाम्रो छवि सुधार्ने प्रयत्न गरौं,’ उनले आग्रह गरेका थिए।
२०४७ साल पछि कुनैं सरकारले पुरा कार्यकाल काम गर्न नसकेकाले आफूहरू चुकेको स्थान पत्ता लगाएर त्यसमा ध्यान दिनुपर्ने बताएका थिए। १४औं महाधिवेशनको सफलताको शुभकामना उनले व्यक्त गरेका थिए।
यो पनि : एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्। उनी भृकुटीमण्डपस्थित मञ्चमा सहभागी भएका हुन् ।
योसँगै एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकसाथ देखिएका छन्। सम्भवतः ११ महिनापछि यी ती नेता एउटै मञ्चमा देखिएका हुन्।
गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका थिएनन्।
यसअघि चितवनमा भएको नेकपा एमालेको १०औं महाधिवेशनमा नेपाल र प्रचण्ड सहभागी भएनन्। प्रचण्डलाई निम्तो दिए पनि उनी आफू नगएर उपाध्यक्ष लिलामणि पोख्रेललाई पठाएका थिए।
नेपाललाई भने ओलीले निम्तो नै दिएनन्। यसअघि कांग्रेस सभापति देउवा मंसिर दोस्रो साता चितवनमा भएको एमालेको महाधिवेशनमा सहभागी भए।
पार्टी विभाजनपछि एकअर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आएका यी तीन शीर्ष नेताहरु यसअघि एउटै मञ्चमा देखिएका थिएनन्।
मञ्चमा सहभागी हुँदा उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बसेको ठाउँमा बसेनन्।
बरु उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बाँया साइडमा बसेका छन्। यी नेताहरुबीच संसद विघटन भएसँगै न भेटघाट भएको थियो, न अहिलेसम्म बोलचाल नै भएको छ।
सबैले कांग्रेस महाधिवेशनको मञ्चमा यी तीन नेताहरु एकसाथ आसन ग्रहण गर्ने अपेक्षा गरेका थिए। तर ओली प्रचण्ड र नेपालको ‘अपोजिट डिरेक्सन’मा बसेका छन्।
त्यस ठाउँमा पहिले रामचन्द्रका वरिष्ठ नेता रामचन्द्र पौडेल आसन ग्रहरण गरेका थिए। ओली पुगेपछि पौडेल उक्त कुर्सीबाट उठेका थिए। लगत्तै सोही कुर्सीमा ओलीलाई आसन ग्रहण गरेका थिए।





















