काठमाडौं –
नायिका स्वस्तिमा खड्काले आफू अभिनित चलचित्र नहेर्ने गरेको बताएकी छन् । स्वस्तिमाले भनिन्, ‘मैले नाइँ नभन्नु ल ५ पछि आफू अभिनित चलचित्र नै हेरेको छैन ।
‘बुलबुल’ चलचित्र नेपालमा आधा मात्र हेरेकी स्वस्तिमाले अन्तर्राष्ट्रिय महोत्सवमा पुगेकाले पूरा हेर्नु परेको बताइन् । यो बाहेक अन्य चलचित्र भने आफूले नहेरेको स्वस्तिमा बताउँछिन् ।
आफू अभिनित चलचित्र हेरेपछि धेरै गल्ती देखिने र २–३ दिन त्यही सोचमा डुब्ने गरेको स्वस्तिमा बताउँछिन् । ‘फिल्म हेर्दा कति गल्ती देखिन्छ ।
हेरिसकेपछि म केही दिनसम्म सोही गहिराइमा जान्छु,’ उनले भनिन्, ‘बरु हेर्दै नहेरेपछि आनन्द हुन्छ । जति काम गरियो गरियो, हेरेर तनाव लिनु भन्दा बरु नहेर्दै आनन्द हुन्छ ।’
चलचित्रको स्क्रिप्टदेखि नै विषयवस्तु पूरै थाहा हुने भएकाले चलचित्र हेर्दा आफैं ‘कन्फ्युज’ हुने स्वस्तिमा बताउँछिन् । सबै कुरा आफूलाई थाहा हुने भएकाले पनि चलचित्रले देखाउन खोजेको कुरा आफूले नदेख्ने उनले बताइन् ।
स्वस्तिमा अभिनित चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेबाट प्रदर्शन हुँदैछ ।
यो पनि : राप्रपा अध्यक्ष कमल थापाले आफू वि रु द्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले पनि थापालाई कडा जवाफ फर्काएकी छिन् ।
थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अ भि व्य क्तिको भिडियो क्लिप सार्वजनिक गरेकी हुन् ।
उनले सो भिडियो क्लिप सार्वजनिक गर्दै भनेकी छिन्, ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् ।
यसअघि कमल थापाले रेखा गणतन्त्रवादी भएको भन्दै उनलाई हिन्दुवादी पार्टीमा ठाउँ नरहेको आशय दिने भिडियो क्लिप राखेका थिए ।
रेखा थापाले पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । आफू वि रो धी खेमाबाट रेखाले उम्मेदवारी दिएपछि थापा र रेखा एकअर्का वि रु द्ध उत्रिएका हुन् ।
यो पनि : राप्रपा अध्यक्ष कमल थापाले अभिनेत्री रेखा थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रवादी भएको टिप्पणी गरेका हुन् ।
रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका हुन् ।
रंग पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हाहाहा ! नो कमेन्ट ।’ सुवेदीले थापालाई प्रश्न गर्छन्–राजतन्त्र कि गणतन्त्र ? जवाफमा थापाले ‘गणतन्त्र’ भन्छिन् ।
‘तपाईँ अहिले कुन पार्टीसँग आबद्ध हुनुहुन्छ ? राप्रपा ! राप्रपाको उद्देश्य के हो थाहा छ, यहाँलाई ?
थाहा छ ! मैले आम जनताको भाषा बोलिरहेको छु । पार्टीको सिद्धान्त र विचार आफ्नो ठाउँमा छँदैछ । पार्टीकै सिद्धान्तमा कतिपय मानिसहरुमा त्यो चिज चित्त नबुझेको पनि हुनसक्छ । त्यो पछि ब्याख्या गरौँला….’
सुवेदीले फेरि सोध्छन्–यसो बोल्दा तपाईँलाई पार्टीले का’र’बा’ही गर्दैन ?
रेखा भन्छिन्, ‘गर्दैन, यो त म रेखा थापा बोलिरहेको छु । पार्टीको कुनै नेतृको रुपमा बोलाउनु भएको छैन नि तपाईँले । ग्ल्यामर गफमा रेखा थापालाई बोलाउनु भएको छ । अभिनेत्रीलाई बोलाउनु भएको छ ।
म नेपाली जनताको कलाकार भएको हिसावले र सामान्य नागरिक भएको हिसावले गणतन्त्र यसकारणले रोजेँ कि गणतन्त्रमा कुनैपनि बच्चाबच्ची जन्मिँदै गर्दा यो देशको कार्यबाहक हुने अधिकार प्राप्त गरेर जन्मिन्छ ।
राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेको र उनलाई महामन्त्रीमा जिताउन नहुने आशय थापामा देखिन्छ ।
राप्रपाकै कतिपय नेताहरुले भने कुनै एक सन्दर्भको पुरानो भिडियोलाई थापाले चुनावी अस्त्रको रुपमा प्रयोग गरेको भन्दै आलोचना पनि गरेका छन् ।
























