मुकुन्देले गरे इन्दिरासँग ‘सरप्राइज’ इन्गेजमेन्ट, बिहे कहिले ?

काठमाडौं –

सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् ।

आफुलाई दार्शनिक दाबि गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर भविष्यवाणी गर्दै आएका मुकुन्द ल्याण्डका अभियान्ता ‘मुकुन्दे’ ले शुभचिन्तकलाई सरप्राइज दिदै इन्गेजमेन्ट गरेका हुन् ।

शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् । कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका उनी अचेल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् ।

आम मानिस भन्दा आफू फरक व्यक्ति रहेको बताउने मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् ।

उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आएका छन् । 

पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए । मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे पनि बिहेको मितिबारे सार्वजनिक गरेका छैनन् ।

यो पनि : आगामी वर्षदेखि लागू हुने गरी तेस्रो सन्तानको नीति अघि सारेको चीनले नीति सफलताका लागि अनेकन योजनाहरू सार्वजनिक गरेको छ।

सन् २०२२ को जनवरीदेखि लागू हुने गरी अधिकांश प्रान्त तथा नगरपालिकाहरूले विदा तथा सेवासुविधाका योजनाहरू सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मातृत्व बिदालाई ६० वा सोभन्दा बढी बनाउनेदेखि पुरूष र दम्पति विदा, विवाह, घुमघाम, ३ वर्षसम्मका बच्चाको स्याहारसुसार बिदासहित सबैभन्दा लामो बिदासम्मका अनेकन ‘स्किम’हरू अघि सारिएको छ ।

त्यस्तै अपांगता, अक्षमता भएका वा बच्चा गुमाएका अभिभावकको सहायता रकम १० हजार युआनदेखि विशेष सहायता कोष पनि घोषणा गरिएको छ ।

सबैभन्दा घना मानिने केन्द्र शासित छोङछिङ नगरपालिकाले सुत्केरी आमा र दम्पतिकै लागि वार्षिक विदाहरू चीनकै सबैभन्दा लामो भनेर घोषणा गरिसकेको छ । यसैगरी चीनका धेरै प्रान्त र सहरहरूले जन्मदरको लक्ष्यलाई साकार तुल्याउन अनेकन सुधारका कदमहरू चालेका छन् ।

हनान, च्याङ्सी, सिचुआन, चच्याङ लगायत अन्य प्रान्तहरूले तीन वर्षभन्दा कम उमेरका बच्चाहरू भएका दम्पतीहरूलाई प्रत्येक वर्ष १० दिनको अभिभावकीय बिदा दिने व्यवस्था गरेका छन् ।

आन्हुई प्रान्तले ६ वर्षभन्दा कम उमेरका बच्चाका आमाबाबुका लागि बिदा विस्तार गरेर दुवै पक्षका लागि वार्षिक १० दिन बिदा थपेको छ ।

बेइजिङमा नोभेम्बर २६ तारिख बसेको १५ औं बेइजिङ ‘म्युनिसिपल पिपुल्स कंग्रेस’ स्थायी समितिको ३५औं बैठकले बेइजिङको जनसङ्ख्या र परिवार नियोजन नियमावलीलाई संशोधनसहित पारित गरेको छ ।

संशोधित नियमहरूले जन्म प्रतिबन्ध सम्बन्धी नियम खारेज गरेर एक जोडीले तीनवटा बच्चा जन्माउन सक्ने बनाएको छ । राज्यले तोकेको सुत्केरी बिदाको अतिरिक्त महिलाले पाउने सुत्केरी बिदा ३० दिनबाट बढाएर ६० दिन पुर्‍याएको छ ।

पुरुषले १५ दिनको सुत्केरी बिदा पाउनेछन् । पेकिङ युनिभर्सिटी जनसंख्या अध्ययन विभागका प्रोफेसर लु च्येह्वाले भने, ‘चीनले परिवार नियोजनमा खुकुलो नीति लिनुपर्ने कारणमध्ये घट्दो जन्मदर र युवापुस्ताको अभाव नै हो ।’

गत जुनमा बसेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बैठकले प्रति दम्पती तीन सन्तानको नीति प्रस्तुत गरेको थियो ।

चीनमा बुढ्यौली उन्मुख जनसंख्यालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो । चीनमा सन् १९८० को दशकमा चीनमा एक सन्तान नीति लागू भएको थियो भने १५ नोभेम्बर २०१३ मा एक मात्र बच्चा भएको दम्पतीले दुई बच्चा जन्माउन सक्ने नीति ल्याइएको थियो ।

तर त्यो त्यति प्रभावकारी नभएपछि सन् २०१६ देखि कुनै पनि दम्पतीले दुई सन्तान जन्माउन सक्ने नीति ल्याइयो । प्रजनन दर सोचेजस्तो प्रभावकारी नभएपछि अनेकन ‘स्किम’का साथ चीनले २०२२ देखि तेश्रो सन्तानको नीतिलाई प्रश्रय दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...