‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब यो कार्यक्रम लिएर आउदै फुलन्देकी आमा

काठमाडौं –

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ ।

निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।

करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।


घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दो’ष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुको कि एडभर्टाइजिङले आफुलाई थाहा नदिई राईलाई अर्काे कार्यक्रममा लगेर दुबैले धो’का दिएको आ’रो’प लगाएका छन् ।

धो’काको बिषयमा जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् । उनले आफुले जीतुलाई धो’का नदिएको र बरु मिलेन जान अग्रह गरेको बताए ।

अहिले ‘मुन्द्रेको कमेडी क्लब’ को साटोमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको बिषयमा समेत राईले आफुलाई आधिकारी जानकारी नभएको बताए ।

‘मैले कि एडभर्टाइजिङ एजेन्सी मार्फत केही कुरा सुनेको छु’ राईले भने ‘कस्तो कार्यक्रम र कहिलेदेखि केही थाहा छैन ।’ ‘मुन्द्रेको कमेडी क्लब’ को समय कि एडभर्टाइजिङले अगामी असारसम्म लिएको भएकोले उसले केही न केही कार्यक्रम गर्न सक्ने राइले सुनाए ।

कि एडभर्टाइजिङले भने मिडियामा एक विज्ञापन प्रकाशन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ ल्याउने जानकारी दिएको हो । 

यो पनि : भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

बिहीवार साँझ भारतको ६ः३० बजेदेखि ६ः४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

यो अवस्थालाई समीक्षा गरिरहेका विद्युत प्राधिकरणका अधिकारीहरु ऊर्जाको निर्यात व्यापारको भविष्यप्रति निकै आशावादी देखिएका छन् ।

भारतको खुला बजारमा प्रवेश पाएको एक हप्तामा प्राधिकरणले एक करोड ६८ लाख रुपैयाँ बराबरको ५६ लाख १६ हजार युनिट विद्युत निर्यात गरेको छ ।

पावर एक्सचेन्ज मार्केटमा बिक्री भएको कुल विद्युत र यस वापत नेपालले पाउने रकम हरेक ७/७ दिनमा बिलिङ गर्ने नियम अनुसार पहिलो हप्ता एक करोड ६८ लाख ६६० रुपैयाँ बराबरको विद्युत बिक्री भएको विद्युत प्राधिकरणको अर्थ निर्देशनालय स्रोतले जनाएको छ ।

नेपालले पहिलो हप्ता ५६ लाख १६ हजार युनिट बिजुली एक करोड ६८ लाख रुपैयाँमा बिक्री गरेको छ । पहिलो हप्ताको औसत मूल्य भने प्रति युनिट ३ रुपैयाँ मात्रै छ ।

भारतमा विद्युत आपूर्तिमा सहजता आएसँगै शुक्रबारको बिडिङमा प्रति युनिट न्यूनतम २ रुपैयाँदेखि अधिकतम ६.५१ (भारु) सम्ममा मात्रै खरिद बिक्री भइरहेको छ ।

नेपालले पनि यसै मूल्यभित्र रहेर विद्युत निर्यातको लागि बिडिङ गर्ने भएकाले अहिले भने नेपाली बिजुली सस्तो दरमै बेच्नुपर्ने देखिन्छ । कात्तिक १६ गते देखि भारतमा विद्युत बिक्रीको अनुमति पाएको नेपालले पहिलो दिन प्रति युनिट साढे चार रुपैयाँ हाराहारीमा विद्युत बिक्री गरेको थियो।

नेपालका उद्योगी व्यवसायीले प्राधिकरणले आफूलाई मागेजति विद्युत नदिएर भारततर्फ निर्यात सुरु गरेको र त्यो पनि उद्योगले तिर्ने महसुलभन्दा निकै कम मूल्यमा बेचेको भन्दै सरकारको आलोचना गरेका थिए ।

व्यापार घाटा कम गर्न नेपालले भविष्यमा गर्न सक्ने व्यापार ऊर्जाकै रहेको समीक्षा भइरहँदा प्राधिकरणलाई सरकारले काम गर्न बाटो सहज गरिदिएको छ ।

त्यसैले सुरुवातमा ऊर्जा व्यापारमा अपेक्षित फाइदा नभए पनि प्राधिकरणका अधिकारीहरु भारतीय बजारमा टिक्नु नै ठूलो कुरा हुने बताइरहेका छन्। 

कसरी हुँदैछ विद्युत निर्यात?
विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्दा न्यूनतम २ रुपैयाँदेखि अधिकतम २० रुपैयाँ युनिटसम्ममा बिक्री गर्न पाएको जनाएको छ।

नेपालले अहिले भारतीय बजारमा ९६ वटा ब्लकमार्फत ३९ मेगावाटको सीमाभित्र रहेर विद्युत निर्यात गरिरहेको छ। १५ मिनेटको एउटा ब्लक तय गरिएको हुन्छ ।

विद्युतको माग र आपूर्तिमा तल-माथि भइरहँदा १५/१५ मिनेटमै बिजुलीको मूल्य घटबढ हुने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिजमाण्डूलाई बताए ।

‘बिजुलीको माग उच्च र आपूर्ति न्यून भएको बेलामा हामीले प्रति युनिट १० देखि २० रुपैयाँसम्म पनि पाएका छौं । माग कम हुँदा भने प्रति युनिट २ रुपैयाँमा पनि बेच्नु परेको छ,’ उनले भने । 

अहिले अधिकतम २० रुपैयाँ युनिटमा छोटो समयका लागि मात्रै विद्युत निर्यात भए पनि आगामी दिनमा भने लामो समयसम्मै यो मूल्यमा विद्युत निर्यात गर्न सकिने पनि दाबी उनको छ । 

भारतमा कोइलाबाट उत्पादन हुने विद्युतको उत्पादन प्रभावित भएपछि प्रति युनिट २८ भारतीय रुपैयाँसम्ममा विद्युत खरिद-बिक्री भएको थियो ।

दैनिक १५ देखि २० लाख युनिटसम्म निर्यात
भारतको खुला बजारमा कारोबारको अनुमति नपाउँदा पनि नेपालले बिहारमा इनर्जी बैंकिङ गर्दै दैनिक ४/५ लाख युनिटसम्म बिजुली निर्यात गर्दै आएको थियो । 

भारतको खुला बजारमा औपचारिकरूपमा प्रवेश पाएपछि भने नेपालले अतिरिक्त विद्युत निर्यात गर्दा दैनिक १५ देखि २० लाख युनिटसम्म पठाउन पाएको प्राधिकरणले जनाएको छ ।

खुला बजारमा प्रवेश पाएपछि अधिकांश दिन १२ देखि १५ लाख युनिटसम्म विद्युत निर्यात गरेको प्राधिकरणले जनाएको छ । गत बिहीबारको तथ्यांकमा १८ लाख ८९ हजार युनिट विद्युत भारत निर्यात भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...