काठमाडौं – नेपाल प्रहरीको साईबर ब्युरोले फेरी युट्युबर मनोजकुमार महतो ‘मनोज मानव’ लाई फेरि पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको आधारमा उनलाई पक्राउ गरेको हो । मंगलबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।
मानव यसअघि पनि चरित्र हत्याकै कसुरमा पक्राउ परेका थिए। उनलाई ब्युरोले गत कात्तिक २३ गते पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।