मिदी प्रहरी भन्ने नवराजको घरमा पुग्दा : को हुन् सागर, किस्ने, बसन्ते ?

काठमाडौं – केही हप्ताअघि सामाजिक सञ्जालमा सागर, किस्ने, बसन्ते केटाहरु नडरा है अब तेरो दाई मिदी प्रहरी भइसकेको छ ।

कपिलबस्तुका नवराज रेग्मीले म्यादी प्रहरीको ड्रेस लगाएर एउटा भिडियो बनाए । त्यहाँ उनले दुव्र्यसनीका शब्दपनि बोलेका थिए ।

जुन उल्लेख गर्न लायक छैन । तर उनले सागर, किस्ने, बसन्ते केटाहरु नडरा है अब तेरो दाई मिदी भइसक्यो भनेको शब्दको भिडियो भने खुबै भाइरल छ । हरेकको थेगो जस्तै बनेको छ ।

उनले आफूलाई सानैदेखि प्रहरी बन्ने रहर भएको बताएका छन् । आफ्नो दाजु म्यादी प्रहरी भएपछि दाजुले म्यादी प्रहरीको ड्रेस धोएर घरमा सुकाएका थिए ।

उनले त्यही ड्रेस लगाए र सागर, किस्ने, बसन्ते केटाहरु नडरा है अब तेरो दाई मिदी भइसक्यो भन्दै मनमा जे–जे आउँछ त्यही बोले ।

उक्त भिडियो केही समयमा नै भाइरल बन्यो । पछि उनलाई प्रहरीले पक्रिएर सम्झाई बुझाई पठायो । मामाको छोरा उनको दाजुको जागिर गयो । उनले भ्लग, टिकटक भने बनाउँथे ।

उनी जम्मा ९ कक्षा पास गरेर १० कक्षामा पुगेका छन् । ड्रस लगाएपछि खुबै जोस आएको उनले बताएका छन् । उनले समाजमा गलत प्रभाव पर्ने शब्द भएका कारण भाइरल भएकोपछि प्रहरीबाट बुझेको बताए ।

आफू पक्राउपर्ने भन्ने लागेको थिएन । तर यस्तो गलत गर्दा पक्राउ परिने रहेछ भन्ने थाहा पाएको बताए । उनले सागर, किस्ने, बसन्ते को हुन् भनेर सोध्दा समेत खुलाउन चाहेनन् ।

आफूले नै युबट्युब च्यानल बनाउँने र त्यही च्यानलबाट सागर, किस्ने, बसन्ते को हुन् भन्ने खुलासा गर्ने बताए । उनले बल्छी ध्रुवेसँग फोनमा कुरा गरेको बताए । चाँडै बोलाएर सिरियल खेलाउने आश्वासन आएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...