हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेख्न ओलिले गरे अनुरोध, यस्तो छ कारण

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुने बताएका छन् ।

कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताएका हुन् ।

‘मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ,’ उनले भने,’ उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथे; काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’

उनले दोहोरी खेल्न पनि नेपालीहरू अब्बल रहेको बताए । उनले भने, ‘नेपालमा जस्तो दोहोरी खेल्‍न कसैले सक्छ ? भन्ने मात्रै होइन नि‚ खुत्रुक्कै गरी भन्छ ? कसरी भन्छ त्यो काव्यता, लय कसरी आउँछ ,’

उनले भने, ‘कहिलेकाहीँ नबुझेर एकछिन हाँस उठ्छ । मर्मको गहिराइमा पुगेपछि बल्ल थाहा हुन्छ । कति महान् कवित्व त्यहाँ प्रकट भएको हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...